नुवाकोट – तादी खोलामा नुहाउने क्रममा बुटबल उपमहानगरपालिका–३ रुपन्देहीका दानबहादुर मगरको मृत्यु भएको छ।
आज अपराह्न दुप्चेश्वर गाउँपालिका–६ समुन्द्रटारस्थित तादी खोलामा नुहाउन गएका ३१ वर्षीय मगरको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।
धान्य पूर्णिमाको अवसरमा दुप्चेश्वर महादेव मन्दिरमा लागेको जात्रामा पिङ थाप्न आएका मगर खोलामा एक्लै पौडी खेल्न गएको समयमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिए। शव परीक्षणका लागि जिल्ला अस्पताल त्रिशूलीमा राखिएको छ । रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।