• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

हनुमानढोका क्षेत्र पार्किङ पार्किङस्थलमा परिणत, महानगर मौन

64x64
नेपाल लाइभ मंगलबार, पुस ४, २०७४  १५:५३
1140x725

काठमाडौँ – सवारी साधन प्रवेश निषेध गरिएको वसन्तपुर–हनुमानढोका दरबार क्षेत्र सवारी साधनको अनियन्त्रित पार्किङस्थलमा परिणत हुन थालेको छ। 

सन् १९७९ मा विश्वसम्पदा सूचीमा सूचीकृत भएको संवेदनशील हनुमानढोका दरबार क्षेत्रमा सरकारले सवारी प्रवेश निषेध गरे पनि आजभोलि खुलेआम सवारी साधन प्रवेश हुने गरेका छन्। 

वसन्तपुर दरबार परिसरमा राशन, पानी, सामानका सवारी साधन लैजानका लागि सरकारले बेलुका ८ देखि बिहान ८ बजेसम्मको समय तोकेको छ, तर आजभोलि त्यस क्षेत्रमा दिउँसै यस्ता सवारी साधन बग्रेल्ती दौडिरहेको पाइन्छ। 

विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले क्षतविक्षत बनेको वसन्तपुर दरबार क्षेत्र यतिबेला पुनःनिर्माण हुँदैछ। भग्नावशेष जताततै छरपस्ट छ, र यस्ता महत्वपूर्ण पुरातात्विक ऐतिहासिक सामग्रीको सुरक्षामा समेत यसले चुनौती थपेको छ । पुनःनिर्माणको बहाना पारेर अहिले परिसरभित्रका सुरक्षा निकाय, कर्मचारी र स्थानीयवासीका सवारी साधन परिसरभित्र राख्ने गरेको देखिन्छ। 

जथाभावी ट्याक्सी, रिक्सा पार्किङ र व्यापारको नाममा पर्यटकलाई आफ्नो सामान बिक्री गर्न पछिपछि लाग्नुले पर्यटकलाई असुविधा हुनाका साथै सो क्षेत्रको सौन्दर्य कुरुप बनेको छ। 

वसन्तपुरका स्थानीय विजयरत्न खड्गी पहिले वसन्तपुर परिसरमा सवारी लैजान पासको व्यवस्था भए पनि अहिले सुरक्षा निकाय र कर्मचारीका सवारी साधन जथाभावी प्रवेश भइरहेको बताउछन्। “विशिष्ट महत्व बोकेका असन, इन्द्रचोक र काष्ठमण्डपभित्रको अव्यवस्थित पार्किङ हटाउने काम सरकारको हो”, उनले भने।

वसन्तपुर क्षेत्रमा प्रवेश गर्न पाँचवटा प्रवेशद्वार छन् । एक नम्बर प्रवेशद्वार जुद्ध शालिक, दुई नम्बर प्रवेशद्वार झोँछे, तीन नम्बर काष्ठमण्डप, चार नम्बर प्याफल र पाँच नम्बर प्रवेशद्वार मखन हो । उक्त पाँचवटा प्रवेशद्वारभित्रको स्थान सवारी निषेधित क्षेत्र हो। 

काठमाडौँ महानगरपालिकाले दरबारको संरक्षणका लागि निर्माण गरेको हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमका प्रशासकीय अधिकृत चीन बज्राचार्य परिसरभित्र सवारी प्रवेश रोक्नका लागि महानगरले नगर प्रहरी र सुरक्षागार्डको प्रयोग गरेको बताउछन्।  

Ncell 2
Ncell 2
nimb
nimb

“मेरो घर, अफिस भित्र हो भनेर नगर प्रहरीलाई झुक्याएर मानिसहरु सवारी साधनसहित परिसरभित्र प्रवेश गराइरहेका छन्”, उनले भने।

बाहिर पार्किङको समस्या रहेको कारण देखाउँदै मानिसले परिसरभित्र सवारी ल्याउने गरेको उनको भनाइ छ । बज्राचार्यले ट्राफिक प्रहरी नहुँदा नगर प्रहरीलाई कर्मचारी र सुरक्षाकर्मीले नटेर्ने गरेको गुनासो पोखे।

विसं २०६६ मा परिसरभित्र छिर्ने सवारी साधनलाई दिउँसो प्रवेशमा पूर्णरुपमा निषेध गरिएको थियो । तर अहिले बलमिच्याइँ गरी निर्वाध प्रवेश भइरहेका छन् । सरकारले हनुमानढोका दरबार परिसरसँगै पाटन र भक्तपुर दरबार क्षेत्रमा समेत सवारी साधन आगमनमा रोक लगाएको थियो। 

हनुमानढोका दरबार परिसरभित्र राजा रत्न मल्लदेखि पृथ्वी वीरविक्रम शाहका पालासम्म निर्माण गरिएका ऐतिहासिक भवनहरु छन् । साथै, तलेजु मन्दिर, जगन्नाथ मन्दिर, शिव–पार्वती मन्दिर, ठूलो घण्टा, कालभैरव, मैजुदेवल, कुमारीघर, वसन्तपुर दरबार, गद्दी बैठक, काष्ठमण्डपलगायत मुख्य आकर्षणका स्मारक रहेका छन् । त्यसैले पनि उक्त क्षेत्रलाई विश्वसम्पदा सूचीमा सूचीकृत गरिएको हो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

संरक्षण कार्यक्रमले विभिन्न गुठीसँग सहकार्य गरेर भूकम्पले क्षति पु¥याएका वसन्तपुर क्षेत्रभित्र रहेका कंकेश्वर मन्दिर, अशोक विनायक गुठी घरको छानो, मखन पशुपतिनाथ मन्दिरको भजन घरको छानो, नगरा बाजा राख्ने ठाउँ र सिंहासत्तल निर्माण गरिरहेको छ। रासस

प्रकाशित मिति: मंगलबार, पुस ४, २०७४  १५:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु
सम्बन्धित सामग्री
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम दशैँमा विभिन्न मासुका परिकार, अण्डा, दूध–दही, मिठाइ, फलफूल, च्याउ, पनिर, आइसक्रिम, केक इत्यादि तयार गरिन्छ। अनि बिदामा रमाइलो गर्नुप... बुधबार, कात्तिक ४, २०८३
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयद्वारा राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत सञ्चालित... मंगलबार, कात्तिक ३, २०८३
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक सम्पदा अवलोकन गरेर फर्किन्थे । हनुमानढोका, पाटन दरबार क्षेत्र र भक्तपुर दरबार... शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
बाढी र पहिरोका कारण विभिन्न सडक खण्ड अवरुद्ध शनिबार, कात्तिक ७, २०८३
आजदेखि नेकपाको राष्ट्रिय जागरण अभियान, प्रचण्ड र माधव नेपालले उद्घाटन गर्ने शनिबार, कात्तिक ७, २०८३
रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु शनिबार, कात्तिक ७, २०८३
कस्तो छ आजको मौसम? शनिबार, कात्तिक ७, २०८३
ट्रम्पको चेतावनी : इरानमाथि फेरि सैन्य आक्रमण हुन सक्छ शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
भारत भ्रमणले राजनीतिक सरगर्मी बढाएसँगै रविको स्पष्टोक्ति– जेलमा रहँदाको भाकल पूरा गर्न जाँदैछु शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्