गौशाला- महोत्तरी जिल्लामा पाँच दिनदेखि चिसो बढेपछि नेपाली सेनाले जिल्ला सदरमुकाम जलेश्वरमा न्यानो बाँड्न थालेको छ।
जिल्ला सदरमुकाम जलेश्वरमा अवस्थित नेपाली सेनाको फस्ट राइफल गणले आज बिहान मात्रै जिल्लाको सदरमुकाम जलेश्वरको चार स्थानमा दाउरा बालेर सर्वसाधारणलाई न्यानो प्रदान गरेको स्थानीयवासीले बताएका छन्। त्यस्तै, सर्वसाधारणलाई नेपाली सेनाले तातो चियासमेत बाँडेको छ।
नेपाली सेनाले जलेश्वरको दुर्गाचोक, शंकरचोक, बुद्धिजीवीचोक र खैराचोकमा दाउरा बालेर र चिया पिलाएर न्यानो बाँडेको गणका प्रमुख सेनानी कृष्ण खड्का क्षेत्रीले बताए।
जिल्लामा पाँच दिनदेखि शीतलहर, चिसो हावा र कठ्याङ्ग्रिँदो जाडो निकै बढेको छ। सेनाको यस कार्यबाट बाटोमा जीवन बिताउने, न्यानो लुगाफाटाको अभाव भएका तथा स्थानीय बासिन्दासहित लाभान्वित भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।