रसुवा– पासाङल्हामु राजमार्ग मर्मतका क्रममा शनिबार घाइते भएका सशस्त्र प्रहरी जवानको आज निधन भएको छ।
सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म रसुवाका प्रहरी नायब उपरीक्षक प्रकाश वाग्लेका अनुसार मृत्यु हुनेमा नुवाकोट, विदुर नगरपालिका–९ गेर्खुका ३३ वर्षीय प्रहरी जवान रमेशकुमार श्रेष्ठको निधन भएको हो।
गोसाइँकुण्ड गाउँपालिका–६ फालेखोला र ठाडेगाउँबीचको सडक मर्मतका क्रममा माथिबाट खसेको ढुङ्गाले श्रेष्ठको टाउकोमा चोट लागेको थियो। घाइते श्रेष्ठलाई हेलिकप्टरबाट काठमाडौँस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका ल्याइएको थियो। उपचारका क्रममा आज अपराह्न १ः१५ बजे श्रेष्ठको निधन भएको वाग्लेले जानकारी दिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।