काठमाडौं– अस्ट्रेलियाको ला ट्रोब विश्वविद्यालयले जेहेन्दार नेपाली विद्यार्थीलाई स्नातक र स्नातकोत्तर तहमा छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ।
उक्त विश्वविद्यालयले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी १५ देखि २५ प्रतिशतसम्म शैक्षिक शुल्कमा नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिइने जनाएको छ । विश्वविद्यालयका प्रा पल माथरले अन्तर्राष्ट्रियस्तरको शिक्षाका लागि नेपाली विद्यार्थी विश्वका विभिन्न मुलुकमा जाने गरेकाले केही हदसम्म भए पनि उनीहरुको आवश्यकता पूरा गर्न विश्वविद्यालयले छात्रवृत्तिको योजना लागू गरेको बताए। हाल विश्वविद्यालयमा १५० नेपाली विद्यार्थी अध्ययनरत छन् । रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।