• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, साउन २३, २०८३ Sat, Aug 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

खुला आकाशमै हावाहुरी पीडित, भन्छन्- देशमा ३ वटा सरकार छन् भन्छन् तर हामीले देख्या छैन

64x64
नेपाल लाइभ सोमबार, जेठ २७, २०७६  ०५:४८
1140x725

धनगढी- दिनमा ४१ डिग्री सेल्सियसको तातो। 

वरपर रुखको शीतल र हावा लाग्ने ठाउँ खोज्ने बालबालिका थुप्रै छन्। 

यो दृश्य हो, प्रदेश सरकारका मुख्यमन्त्रीको कार्यालय र निवासभन्दा अलि परको। गत बिहिबार आएको हावाहुरीले घरबारविहीन बनाएको छ उनीहरुलाई।  

रातमा गर्मी कम भएपनि लामखुट्टेले एकछिन छोड्दैन।

हावाहुरीले घरबारबिहिन बनाएको ४ दिन बितिसक्दा पनि उनीहरुले टाउको लुकाउने पालसमेत पाएका छैनन्। 

'शिर छोप्न घर छैन’ धनगढी उपमहानगरपालिका वडा नम्बर ६ जाइ बस्ने प्रताप कुँवरले भने, ‘सरकारले शिर छोप्न त्रिपाल पनि दिएको छैन।’ 

जेठ २३ गते आएको विनाशकारी हावाहुरीले उनको घर उडाएपछि कहाँ बस्ने भन्ने समस्या छ।

nimb
nimb
Ncell 2
Ncell 2

शनिबार वडा कार्यालयले त्रिपाल सो वडामा वितरण गर्ने भनेर १५ थान त्रिपाल लगेको थियो।

आफ्नो नाम पहिलोमै सिफारिस भएको देखेपछि उनी त्रिपाल लिन बसे। तर, रित्तो हात फर्कनु पर्यो। 

उनीमात्र होइन, हावाहुरीले घरमा पूर्ण रुपमा क्षति पुर्याएका सोही वडाका दानबहादुर नेपाली, गोपीसिंह अधिकारीसहित १० जनाले त्रिपाल नपाएको गुनासो गरे। गोपीसिंह अधिकारीले भने, ‘सिफारिसमा नाम थियो। तर, वडा कार्यालयले आएको त्रिपाल आफ्नै मान्छेलाई मात्र वितरण गर्यो।’

चतुर्भुज चौधरीको घरको पुरै छाना हावाहुरीले उडाएपछि उनको परिवार पनि खुला आकाशमुनि दिनरात बिताउन बाध्य छ। ‘भन्नलाई यो देशमा ३ वटा सरकार छन् भन्छन्’ चौधरीले भने, ‘तर अहिलेसम्म हामीले सरकार देख्न र महसुस गर्न पाएका छैनौ।’

वडा नम्बर १५ उर्मीकी तुल्सी बोगटीको पनि अवस्था उस्तै छ। ‘हावाहुरीको केही बाँकी राखेको छैन,' उनले भनिन्, ‘छाना उडाएर लग्यो, खाद्यान्न नष्ट भयो। लगाउने लुगा पनि बाँकी राखेन।’ 

धनगढी कनरीका ७५ वर्षीय पञ्चराम चौधरीका चार छोराको घर हावाहुरीले पूर्ण रुपमा क्षतिग्रस्त छ। चार वटैको घरको छानो छैन। उनी छोराहरुको परिवारको बिचल्ली देखेर चिन्तित थिए। ‘एउटालाई मात्र समस्या परेको भए अरु भाईले सहयोग गर्थे। चारै जना समस्यामा छन्। कसले सहयोग गर्ने?’ 

छोराहरुको बिचल्ली सुनाईरहँदा वृद्ध पञ्चरामका आँखामा आँसु टिल्पिलाईरहेका थिए। घरको छाना र भित्ता उडाएर लगेका कारण अधिकांश परिवार खुला आकाश मुन्तिर रात बिताउन बाध्य छन्।

धनगढी उपमहानगरपालिका-२ सन्तोषी टोलका धर्मराज ओझाले आफन्तको घरमा साहारा लिएर बसेको बताए। ओझाले भने, ‘हुरीले छानो उडाएको चार दिन भइसक्यो राहतको नाममा एउटा त्रिपाल मात्रै आएको छ, के गर्नु खानलाउन केही बाँकी राखेन। स–परिवार आफन्तको शरणमा बाँचिरहेका छौ।’

अर्का स्थानीय रामदिन चौधरीले आर्थिक अवस्था कमजोर भएका कारण अधिकांश परिवारको बिचल्ली भएको बताए।

धनगढी उपमहानगरपालिका-६ मा आइतबार त्रिपाल बोकेर नेपाल रेडक्रस सोसाइटीको टोली पुग्यो तर, उनले पाएनन्। 'वडा कार्यालयलै मसहित आठ जनाको नाम दिएको थियो। वडा कार्यालयलै सिफारिस गरेकामध्ये चार जनाले मात्र त्रिपाल पाएको र अन्य खुल्ला आकाशमुनि बस्न बाध्य हुनुपरेको छ।'

कैलालीको उर्माको बेली, पटेला, पथरी, कनरी, बेली बजारमा सबैभन्दा बढी घर प्रभावित भएका छन्। घरको छाना र भित्ता उडाएर लगेका कारण अधिकांश परिवार खुला आकाश मुन्तिर रात बिताउन बाध्य छन्। नवजात शिशु र सुत्केरी सबैभन्दा बढि समस्यामा परेका छन्।

कैलालीमा दुई हजार २ सय १६ घरधुरी विनासकारी हावाहुरीबाट प्रभावित भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। प्रशासन कार्यालयका अनुसार घरमा पूर्ण रुपमा क्षति भएका प्रभावितहरुलाई त्रिपाल वितरण गर्ने काम जारी भइरहेको छ। ‘शनिबार गोदावरीमा पाँच सय २०, धनगढीमा एक सय ५० र अन्य स्थानीय तहमा त्रिपाल वितरण गरिएको थियो,' सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले भने, 'आईतबार कैलारी गाउँपालिकामा ६ सय १ र धनगढी उपमहानगरपालिकामा ६५ त्रिपाल वितरण गरिएको छ।’

विद्युत नहुँदा जनजीवन तहसनहस
बिहीबार रातीको विनाशकारी हावाहुरीले विद्युत अबरुद्ध हुँदा धनगढी बजारको जनजीवन अस्तव्यस्त बनेको छ। लगातार ४ दिनदेखि अवरुद्ध विद्युतसेवा अझै पूर्ण रुपमा सुचारु हुन सकेको छैन। 

विनाशकारी हावाहुरीका कारण विद्युत अवरुद्ध हुँदा चार दिनदेखि खानेपानी समेत बन्द भएको छ। धनगढी गर्मीमा विद्युत नहुँदा आर्थिक अवस्था कमजोर भएका अधिकांश परिवारको बिचल्ली भएको छ, भने महामारी फैलनै त्रास बढेको छ। 

प्रदेशको प्रमुख व्यापारिक केन्द्र धनगढीका उद्योग व्यवसायीहरु चौपटमा परेका छन्। विद्युत अवरुद्ध हुँदा साना होटल व्यवसायीहरुले होटल नै बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको गुनासो गरेका छन्। 

‘बत्ती आउदैन, चर्को गर्मी छ, आएका ग्राहक पनि फर्केर जान्छन्,’ स्थानीय होटल व्यवसायी शैलेन्द्र शाहीले गुनासो गरे। उनले विद्युत अवरुद्ध हुदा होटलमा खानेपानी, फ्रिज, पंख्खा सञ्चालन हुन नसक्दा होटल नै बन्द गर्नुपर्ने अवस्था आएको उनले बताए। 

सयौं संख्यामा रहेका सुदूरपश्चिमका उद्योग कलकारखाना ४ दिनदेखि पूर्ण रुपमा बन्द हुँदा ठुलो घाटा व्यहोर्नु परेको प्रदेश उद्योग वाणिज्य महासंघका अध्यक्ष शंकर बोगटीले बताए। 

 ‘सुदूरपश्चिम प्रदेशमा त्यसै त थोरै संख्यामा उद्योगधन्दा सञ्चालनमा छन्,’ बोगटीले भने, ‘लगातारको विद्युत अवरोध हुँदा करोडौं नोक्सानी भएको छ।’ 

यता नेपाल विद्युत प्राधिकरण धनगढीले हावाहुरीले ढलेका पोलहरु गाड्ने र लाईन मर्मत सम्भारको काम तीव्र रुपमा चलिरहेकाले सबै क्षेत्रमा चाडै विद्युत सुचारु हुने जानाएको छ। विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रका प्रमुख धिरेन्द्र कुमार यादवले हावाहुरीका कारण अवरुद्ध भएको लाईन मर्मत सम्भारको काम अन्तीम चरणमा पुगेको बताए।
 

प्रकाशित मिति: सोमबार, जेठ २७, २०७६  ०५:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मैदानबाट भाग्ने वा लुकेर बस्ने समय होइन, एकताबद्ध हुने बेला हो : राजेन्द्र लिङदेन
एनपिएलमा पहिलो विदेशले पाए कप्तानी जनकपुर बोल्ट्सको कप्तानी हरमितले गर्ने
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि
सम्बन्धित सामग्री
बालबालिकालाई मायाले दिइने 'गुलियो' नयाँ जनस्वास्थ्य संकट, के भन्छन् विज्ञ? भर्खरै दुई वर्ष पार गरेका यी बालकको जिब्रोले प्राकृतिक रैथाने खाना भन्दा बढी बजारका प्रशोधित र गुलिया खानेकुराहरु चकलेट, विस्कुट, लल... शुक्रबार, जेठ १५, २०८३
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
ताजा समाचारसबै
मैदानबाट भाग्ने वा लुकेर बस्ने समय होइन, एकताबद्ध हुने बेला हो : राजेन्द्र लिङदेन शनिबार, साउन २३, २०८३
एनपिएलमा पहिलो विदेशले पाए कप्तानी जनकपुर बोल्ट्सको कप्तानी हरमितले गर्ने शनिबार, साउन २३, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
कालिकोटमा स्वास्थ्यकर्मीमाथि आक्रमण : स्थानीय किन आक्रोशित भए? शनिबार, साउन २३, २०८३
कनक–कुन्द दीक्षितले जितेको मुद्दा उल्टाउन सरकारले दिएको पुनरवलोकन निवेदनको सुनुवाइ गर्दै सर्वोच्च शनिबार, साउन २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
कर प्रणालीमा व्यापक सुधार गर्दै सरकार शुक्रबार, साउन २२, २०८३
मध्यरातमा प्रधानमन्त्रीले किन लेखे–एक्लै लड्नुपर्ने हुन्छ? शनिबार, साउन २३, २०८३
२५० रुपैयाँको सामान किनेका उपभोक्तालाई १० लाख उपहार शुक्रबार, साउन २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीति: दलगत विभाजनभन्दा माथि उठेर जनमुखी राजनीति कहिले? सुरेश गिरी
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
कश्मीरको कुलगाममा नाम सोधेर हिन्दू पाइएपछि भीडबाट अलग गराएर आतंकवादीद्वारा दुई युवकको हत्या शनिबार, साउन १६, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
नेपाल लाइभको प्रधान सम्पादकमा दाहाल बिहीबार, साउन २१, २०८३
कर प्रणालीमा व्यापक सुधार गर्दै सरकार शुक्रबार, साउन २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्