• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक ६, २०८३ Fri, Oct 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

खुला आकाशमै हावाहुरी पीडित, भन्छन्- देशमा ३ वटा सरकार छन् भन्छन् तर हामीले देख्या छैन

64x64
नेपाल लाइभ सोमबार, जेठ २७, २०७६  ०५:४८
1140x725

धनगढी- दिनमा ४१ डिग्री सेल्सियसको तातो। 

वरपर रुखको शीतल र हावा लाग्ने ठाउँ खोज्ने बालबालिका थुप्रै छन्। 

यो दृश्य हो, प्रदेश सरकारका मुख्यमन्त्रीको कार्यालय र निवासभन्दा अलि परको। गत बिहिबार आएको हावाहुरीले घरबारविहीन बनाएको छ उनीहरुलाई।  

रातमा गर्मी कम भएपनि लामखुट्टेले एकछिन छोड्दैन।

हावाहुरीले घरबारबिहिन बनाएको ४ दिन बितिसक्दा पनि उनीहरुले टाउको लुकाउने पालसमेत पाएका छैनन्। 

'शिर छोप्न घर छैन’ धनगढी उपमहानगरपालिका वडा नम्बर ६ जाइ बस्ने प्रताप कुँवरले भने, ‘सरकारले शिर छोप्न त्रिपाल पनि दिएको छैन।’ 

जेठ २३ गते आएको विनाशकारी हावाहुरीले उनको घर उडाएपछि कहाँ बस्ने भन्ने समस्या छ।

Ncell 2
Ncell 2
nimb
nimb

शनिबार वडा कार्यालयले त्रिपाल सो वडामा वितरण गर्ने भनेर १५ थान त्रिपाल लगेको थियो।

आफ्नो नाम पहिलोमै सिफारिस भएको देखेपछि उनी त्रिपाल लिन बसे। तर, रित्तो हात फर्कनु पर्यो। 

उनीमात्र होइन, हावाहुरीले घरमा पूर्ण रुपमा क्षति पुर्याएका सोही वडाका दानबहादुर नेपाली, गोपीसिंह अधिकारीसहित १० जनाले त्रिपाल नपाएको गुनासो गरे। गोपीसिंह अधिकारीले भने, ‘सिफारिसमा नाम थियो। तर, वडा कार्यालयले आएको त्रिपाल आफ्नै मान्छेलाई मात्र वितरण गर्यो।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

चतुर्भुज चौधरीको घरको पुरै छाना हावाहुरीले उडाएपछि उनको परिवार पनि खुला आकाशमुनि दिनरात बिताउन बाध्य छ। ‘भन्नलाई यो देशमा ३ वटा सरकार छन् भन्छन्’ चौधरीले भने, ‘तर अहिलेसम्म हामीले सरकार देख्न र महसुस गर्न पाएका छैनौ।’

वडा नम्बर १५ उर्मीकी तुल्सी बोगटीको पनि अवस्था उस्तै छ। ‘हावाहुरीको केही बाँकी राखेको छैन,' उनले भनिन्, ‘छाना उडाएर लग्यो, खाद्यान्न नष्ट भयो। लगाउने लुगा पनि बाँकी राखेन।’ 

धनगढी कनरीका ७५ वर्षीय पञ्चराम चौधरीका चार छोराको घर हावाहुरीले पूर्ण रुपमा क्षतिग्रस्त छ। चार वटैको घरको छानो छैन। उनी छोराहरुको परिवारको बिचल्ली देखेर चिन्तित थिए। ‘एउटालाई मात्र समस्या परेको भए अरु भाईले सहयोग गर्थे। चारै जना समस्यामा छन्। कसले सहयोग गर्ने?’ 

छोराहरुको बिचल्ली सुनाईरहँदा वृद्ध पञ्चरामका आँखामा आँसु टिल्पिलाईरहेका थिए। घरको छाना र भित्ता उडाएर लगेका कारण अधिकांश परिवार खुला आकाश मुन्तिर रात बिताउन बाध्य छन्।

धनगढी उपमहानगरपालिका-२ सन्तोषी टोलका धर्मराज ओझाले आफन्तको घरमा साहारा लिएर बसेको बताए। ओझाले भने, ‘हुरीले छानो उडाएको चार दिन भइसक्यो राहतको नाममा एउटा त्रिपाल मात्रै आएको छ, के गर्नु खानलाउन केही बाँकी राखेन। स–परिवार आफन्तको शरणमा बाँचिरहेका छौ।’

अर्का स्थानीय रामदिन चौधरीले आर्थिक अवस्था कमजोर भएका कारण अधिकांश परिवारको बिचल्ली भएको बताए।

धनगढी उपमहानगरपालिका-६ मा आइतबार त्रिपाल बोकेर नेपाल रेडक्रस सोसाइटीको टोली पुग्यो तर, उनले पाएनन्। 'वडा कार्यालयलै मसहित आठ जनाको नाम दिएको थियो। वडा कार्यालयलै सिफारिस गरेकामध्ये चार जनाले मात्र त्रिपाल पाएको र अन्य खुल्ला आकाशमुनि बस्न बाध्य हुनुपरेको छ।'

कैलालीको उर्माको बेली, पटेला, पथरी, कनरी, बेली बजारमा सबैभन्दा बढी घर प्रभावित भएका छन्। घरको छाना र भित्ता उडाएर लगेका कारण अधिकांश परिवार खुला आकाश मुन्तिर रात बिताउन बाध्य छन्। नवजात शिशु र सुत्केरी सबैभन्दा बढि समस्यामा परेका छन्।

कैलालीमा दुई हजार २ सय १६ घरधुरी विनासकारी हावाहुरीबाट प्रभावित भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। प्रशासन कार्यालयका अनुसार घरमा पूर्ण रुपमा क्षति भएका प्रभावितहरुलाई त्रिपाल वितरण गर्ने काम जारी भइरहेको छ। ‘शनिबार गोदावरीमा पाँच सय २०, धनगढीमा एक सय ५० र अन्य स्थानीय तहमा त्रिपाल वितरण गरिएको थियो,' सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले भने, 'आईतबार कैलारी गाउँपालिकामा ६ सय १ र धनगढी उपमहानगरपालिकामा ६५ त्रिपाल वितरण गरिएको छ।’

विद्युत नहुँदा जनजीवन तहसनहस
बिहीबार रातीको विनाशकारी हावाहुरीले विद्युत अबरुद्ध हुँदा धनगढी बजारको जनजीवन अस्तव्यस्त बनेको छ। लगातार ४ दिनदेखि अवरुद्ध विद्युतसेवा अझै पूर्ण रुपमा सुचारु हुन सकेको छैन। 

विनाशकारी हावाहुरीका कारण विद्युत अवरुद्ध हुँदा चार दिनदेखि खानेपानी समेत बन्द भएको छ। धनगढी गर्मीमा विद्युत नहुँदा आर्थिक अवस्था कमजोर भएका अधिकांश परिवारको बिचल्ली भएको छ, भने महामारी फैलनै त्रास बढेको छ। 

प्रदेशको प्रमुख व्यापारिक केन्द्र धनगढीका उद्योग व्यवसायीहरु चौपटमा परेका छन्। विद्युत अवरुद्ध हुँदा साना होटल व्यवसायीहरुले होटल नै बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको गुनासो गरेका छन्। 

‘बत्ती आउदैन, चर्को गर्मी छ, आएका ग्राहक पनि फर्केर जान्छन्,’ स्थानीय होटल व्यवसायी शैलेन्द्र शाहीले गुनासो गरे। उनले विद्युत अवरुद्ध हुदा होटलमा खानेपानी, फ्रिज, पंख्खा सञ्चालन हुन नसक्दा होटल नै बन्द गर्नुपर्ने अवस्था आएको उनले बताए। 

सयौं संख्यामा रहेका सुदूरपश्चिमका उद्योग कलकारखाना ४ दिनदेखि पूर्ण रुपमा बन्द हुँदा ठुलो घाटा व्यहोर्नु परेको प्रदेश उद्योग वाणिज्य महासंघका अध्यक्ष शंकर बोगटीले बताए। 

 ‘सुदूरपश्चिम प्रदेशमा त्यसै त थोरै संख्यामा उद्योगधन्दा सञ्चालनमा छन्,’ बोगटीले भने, ‘लगातारको विद्युत अवरोध हुँदा करोडौं नोक्सानी भएको छ।’ 

यता नेपाल विद्युत प्राधिकरण धनगढीले हावाहुरीले ढलेका पोलहरु गाड्ने र लाईन मर्मत सम्भारको काम तीव्र रुपमा चलिरहेकाले सबै क्षेत्रमा चाडै विद्युत सुचारु हुने जानाएको छ। विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रका प्रमुख धिरेन्द्र कुमार यादवले हावाहुरीका कारण अवरुद्ध भएको लाईन मर्मत सम्भारको काम अन्तीम चरणमा पुगेको बताए।
 

प्रकाशित मिति: सोमबार, जेठ २७, २०७६  ०५:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी
दिल्लीमा भारतका प्रधानमन्त्री मोदीसँग अर्थमन्त्री वाग्लेको भेट
सम्बन्धित सामग्री
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ किराँत समुदायले दशैंको टीका बहिष्कार गर्ने अभियान चलाए पनि पूर्व सभामुख तथा नेकपा एमालेका नेता सुवास नेम्वाङले दशैंमा टीका लगाउन कहि... बिहीबार, कात्तिक ५, २०८३
वर्षमा एक दिन खुल्ने तलेजु मन्दिरको रोचक तथ्य मन्दिरको भव्यताले एकछिन रोकिएर हेर्न बाध्य बनाउँथ्यो । तर हाम्रो ध्यान मन्दिरको बनावटमा मात्र अडिएन । मन्दिरको ढोका बन्द थियो, बन्द... मंगलबार, कात्तिक ३, २०८३
प्राकृतिक नाकाबन्दीमा परेको सिमकोट–हिल्सा सडक दुई दिनभित्र खुल्ने लगातारको हिमपातले अवरुद्ध बनेको कर्णाली करिडोरअन्तर्गत हुम्लाको सिमकोट–हिल्सा सडक दुई दिनभित्र खुलाउन काम जारी राखिएको छ । नाम्खा गा... सोमबार, कात्तिक २, २०८३
ताजा समाचारसबै
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार शुक्रबार, कात्तिक ६, २०८३
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी शुक्रबार, कात्तिक ६, २०८३
दिल्लीमा भारतका प्रधानमन्त्री मोदीसँग अर्थमन्त्री वाग्लेको भेट शुक्रबार, कात्तिक ६, २०८३
तिब्बतमा शक्तिशाली भूकम्पमा परि १६ जनाको मृत्यु , ६५ घाइते शुक्रबार, कात्तिक ६, २०८३
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
नेपाली मूलका व्यक्तिलाई पिएनओ परिचयपत्र दिन माग बिहीबार, कात्तिक ५, २०८३
एकाएक किन खुल्न छाेडे राष्ट्रपति देखि प्रधानमन्त्री कार्यालयसम्मकाे वेबसाईट, यस्ताे छ अन्तर्रास्ट्रिय असर बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्