• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, चैत २१, २०८२ Sat, Apr 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

वैदेशिक रोजगारीमा ठगी, छोरा फर्काउन याचना गर्दै वृद्ध पिता

64x64
नेपाल लाइभ सोमबार, पुस ३, २०७४  १८:४०
1140x725

राजविराज– विश्व आप्रवासन श्रमिक दिवस मनाइरहँदा सोमबार सप्तरीका एक वृद्ध आफ्नो छोरालाई स्वदेश फर्काइदिन आग्रहसहित सदरमुकाम राजविराजमा भौतारिँदै थिए। 

छिन्नमस्ता गाउँपालिका–४ का ६५ वर्षीय मो. इस्माइलको मलिन अनुहारमा उनका छोराले विदेशमा पाएको हैरानी स्पष्ट झल्किन्थ्यो। तर, एजेन्ट फेला पार्न नसकेपछि उनले जिल्ला प्रशासन कार्यालय हाताभित्रको सूचना केन्द्रमा उजुरी दर्ता गराएर फर्किए। 

इस्माइलका अनुसार, उनका छोरा मो. अन्सारुल र भाइ मो. सुभान गत जेठ ३ गते कतारका लागि उडे। एजेन्टले ‘पैसा अलि बढी लाग्छ, राम्रो काममा लगाइदिन्छु’ भनेपछि प्रतिव्यक्ति १ लाख ३५ हजारका दरले रकम पनि बुझाए। तर, एजेन्टले भनेअनुसार कतारमा न काम थियो, न त पैसा नै।

अन्सारुलले २ महिनासम्म फूलबारीमा काम गरे। त्यसपछि कुनै महिना एउटा काम, कुनै महिना अर्को काम गर्दै बिरालोले बच्चा सारे झैं काम र ठाउँ परिवर्तन भइरह्यो। पछिल्लो एक महिनादेखि काम गर्दै आएको कम्पनीले कामबाट निकालिदिएपछि उनी बिचल्लीमा परेका छन्। 

‘कम्पनीले कोठाबाटै निकालिदियो भनेर छोराले फोन गरेको धेरै दिन भयो’, इस्माइलले भने, ‘बस्ने र खाने कुनै टुंगो छैन रे। म बूढोले कसरी छोराको उद्धार गर्नु?’

nimb
nimb
Ncell 2
Ncell 2

यता, काममा पठाइदिने एजेन्ट सेराज सेखको अत्तोपत्तो छैन। सदरमुकाम राजविराजमा घर भए पनि कहिल्यै भेट नहुने र फोन समेत उठाउन छाडेपछि बाध्य भएर प्रशासन कार्यालयको सूचना केन्द्रमा उजुरी गर्न आएको इस्माइलले बताए।

छिन्नमस्ता गाउँपालिका ४ कै मतेबुल मन्सुरी पनि सूचना केन्द्रमै भेटिए। १० महिनाअघि एजेन्टले पासपोर्ट र रकम दुवै लिएर भागेपछि उनको बिल्लीबाँठ भएको छ। दुई महिनाअघि उनले पनि सूचना केन्द्रमा उजुरी गरेका छन्। तर, अहिलेसम्म एजेन्ट सम्पर्कमा नआएको उनले गुनासो गरे। अन्सारुल र सुभानलाई कतार पुर्‍याएर अलपत्र पार्ने एजेन्ट सेराज सेखले नै आफूलाई पनि १० महिनादेखि झुलाइरहेको उनले गुनासो गरे।

यति मात्र होइन, खुस मोहम्मद, कलाम मन्सुरी, अनवारुल मन्सुरी, खुर्सिद मन्सुरीसहित ८ जना युवाले सेखलाई प्रतिव्यक्ति ४५ हजार र पासपोर्ट जिम्मा लगाएका थिए। तीमध्ये २ जना कतार गए पनि अन्यको अवस्था मतेवुलको भन्दा फरक छैन। 

‘एजेन्टले आज–भोलिमै कतार उडाइदिन्छु भन्छ, तर त्यो दिन कहिल्यै आएन’, मतेवुलका बुबा इजरायल मियाँले भने, ‘अब त आजित भयौं, पासपोर्ट र पैसा फिर्ता गराइदिन भनेका छौं।’

सूचना केन्द्रका संयोजक रामप्रवेश मण्डलले मतेवुलसहितका युवाहरुले दुई महिनाअघि नै निवेदन दर्ता गराएको र सोमबार दुवै पक्षलाई छलफलमा बोलाए पनि एजेन्ट नआएको बताए। 

‘निवेदन दिँदा उनीहरुसँग पैसा र पासपोर्ट दिएको प्रमाण समेत थिएन’, मण्डलले भने, ‘एजेन्टलाई बोलाएर कुरा गरेपछि उसले भरपाई बनाइदिएको छ, अब बेइमानी गर्न खोजे सोही भरपाईका आधारमा कारबाही प्रक्रिया अघि बढाउन सकिन्छ।’

उनले यो आर्थिक वर्षमा मात्रै सूचना केन्द्रमा वैदेशिक रोजगारी सम्बन्धी १ सय १० वटा निवेदन दर्ता भएको र त्यसमध्ये ८१ वटा समस्या समाधान गरी पठाइएको जानकारी दिए।
 

प्रकाशित मिति: सोमबार, पुस ३, २०७४  १८:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
'एक महिने जरा अभियान' सञ्चालन गर्दै कांग्रेस
नेता कोइरालाले भने– कांग्रेसलाई एकढिक्का बनाउन अन्तिमसम्म प्रयास गर्छु
लमजुङमा जिप दुर्घटनाः २ जनाको मृत्यु
सम्बन्धित सामग्री
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर त्यहीबेला बर्लिनमा सर्जरी विभागमा कार्यरत एक २५ वर्षीय मेडिकल डाक्टर थिए- वर्नर फ्रसम्यान । आइतबार, मंसिर १४, २०८२
ताजा समाचारसबै
'एक महिने जरा अभियान' सञ्चालन गर्दै कांग्रेस शनिबार, चैत २१, २०८२
नेता कोइरालाले भने– कांग्रेसलाई एकढिक्का बनाउन अन्तिमसम्म प्रयास गर्छु शनिबार, चैत २१, २०८२
लमजुङमा जिप दुर्घटनाः २ जनाको मृत्यु शनिबार, चैत २१, २०८२
नयाँ शैक्षिकसत्र वैशाख २ गतेदेखि, पाठ्यपुस्तक विद्यालयमा पुर्याइँदै शनिबार, चैत २१, २०८२
पिएसपिपी’बाट देशको आर्थिक उन्नयनमा योगदान हुन्छ : चन्द्रप्रसाद ढकाल शनिबार, चैत २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
एमालेले सच्यायो बादलको विवादास्पद अभिव्यक्ति शुक्रबार, चैत २०, २०८२
संसदीय दल नेता चयन गर्न कांग्रेस सभापति थापाले बनाए निर्वाचन समिति शुक्रबार, चैत २०, २०८२
यी हुन् एमाले सचिवालय बैठकका ६ निर्णयहरु शुक्रबार, चैत २०, २०८२
बादल लक्षित सुरेन्द्र पाण्डेको टिप्पणी- ‘षड्यन्त्रका लामा कथा सुनियो, हामी पनि दोषी छौं’ शुक्रबार, चैत २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरूको सम्पत्तिमाथि सीआईबीको एक्सन, अनुसन्धानको घेरामा को-को? आइतबार, चैत १५, २०८२
केही सर्त माने अमेरिका र इजरायलसँग युद्ध अन्त्य गर्न इरान तयारः राष्ट्रपति पेजेस्कियान बुधबार, चैत १८, २०८२
एमालेले सच्यायो बादलको विवादास्पद अभिव्यक्ति शुक्रबार, चैत २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्