काठमाडौं– रोजगारीका लागि बिदेश पठाइदिने भन्दै ठगी गरेको आरोपमा कन्सलटेन्सी संचालक पक्राउ परेका छन् । वेलकम इन्टरनेशनल एजुकेशन फाउण्डेसन नामक कन्सलटेन्सीका संचालक हरि बहादुर पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो ।
उनले चार वर्षअघि विभिन्न व्यक्तिहरुलाई वर्किङ भिषामा पप्पुवा न्यूगिनी पठाइदिने भन्दै २७ लाख ४६ हजार रुपैयाँ ठगी गरेर फरार भएको प्रहरीले जनाएको छ । ठगी मुद्दामा उनलाई बैदेशिक रोजगार न्यायाधिकरणले २०७२ साल कात्तिक ३० गते २ वर्ष कैद र २ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । फरार रहेका पाण्डेलाई काठमाडौं बासबारीबाट गरी अदालत पेश गरिएको सिआईबीका एसपी जीवन कुमार श्रेष्ठले बताए । मुद्दाको फैसला भइसकेकाले अदालतले पाण्डेलाई जेल चलान गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।