राजविराज– तीन दिनयता अत्यधिक बढेको चिसोमा पनि सप्तरीको एक विद्यालयका बालबालिका भुइँमै बसेर पढ्न बाध्य छन्।
सप्तरीको छिन्नमस्ता गाउँपालिकाको महुवामा रहेको विपी राष्ट्रिय आधारभूत विद्यालयको बालविकास केन्द्रमा पढ्ने बालबालिका कठ्याग्रिंदो जाडोमा भुइँमा बसेर पढिरहेका छन्। विद्यालय व्यवस्थापन समिति र प्रशासनले डेस्क–बेञ्चको व्यवस्थापन गर्न नसक्दा बालबालिकाको यस्तो अवस्था भएको हो।
घरबाट बोरा लिएर जाने बालबालिका त्यसमा बस्ने गरेको र नलैजानेहरु चिसो सिमेन्टमै बस्नुपर्ने बाध्यता रहेको स्थानीय अभिभावकहरु बताउँछन्।
विद्यालयका प्रधानाध्यापक सुरेन्द्रप्रसाद मण्डल फर्निचर व्यवस्था गर्न नसक्नुमा आफ्नै लचारी सुनाउँछन्।
‘बजेटको अभावले डेस्क, बेन्च र कार्पेटको व्यवस्था गर्न सकिएको छैन’, उनले भने–‘सहयोगका लागि धेरै क्षेत्रमा कुरा पनि गरे पनि कसैले वास्ता नगरेपछि यही अवस्थामा चलाउनैपर्ने भएको छ।’
सो विद्यालयको बालकक्षामा ५ वर्ष मुनिका करिव २५ जना बालबालिका अध्ययनरत छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।