काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ८ हजार रुपैयाँ घुससहित इन्जिनियरलाई पक्राउ गरेको छ । जिल्ला प्राविधिक कार्यालय सिराहका इन्जिनियर राम बहादुर यादबलाई आयोगको टोलीले सोमबार पक्राउ गरेको हो ।
बिल पास गराउन उनले घुस मागेका थिए । घुस लिएलगत्तै आयोगको इटहरीस्थित क्षेत्रीय कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।