चरिकोट- कर्मचारी सरुवामा मनपरी गरेको भन्दै एक वडाध्यक्षले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाइदिएका छन्।
दोलखाको भीमेश्वर नगरपालिका ३ का वडाध्यक्ष हरिशरण शिवाकोटीले वडा कार्यालयको कर्मचारी सचिवलाई आफ्नो सहमतिविपरीत सरुवा गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाइदिएका हुन्। शिवाकोटीले वडाका सचिव भीमबहादुर बस्नेतलाई आफ्नो सहमतिविपरीत नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शंकर नेपालले सरुवा गरेपछि कार्यालयमा ताला लगाइदिएको बताए।
भीमेश्वर नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत शंकर नेपालले वडालाई पत्र लेख्दै वडा सचिव बस्नेतलाई वडा नं ३ बाट ५ मा कामकाजका लागि खटाइएको भन्दै सरुवा गरेर सहायकस्तर पाँचौँ तहका लक्ष्मी कार्कीलाइ वडा नं ३ मा सरुवा गरेपछि भीमेश्वर नगरपालिकामा कर्मचारी सरुवा विवाद सुरु भएको हो।
अधिकृत नेपाल कर्मचारीको सरुवाका विषयमा विवाद बढ्न थालेपछि काठमाडौँ गएको नगरपालिकाका कर्मचारी बताउँछन्। अधिकृत नेपालले जिविसमा रहँदा झोला, फर्निचर, अन्य जिविसका सामग्री, मोटरसाइकल खरिद लगायतमा व्यापक घोटाला गरेको जिविसका कर्मचारीले नै आरोप लगाउने गरेका छन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।