• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

‘पार्टीको नेतृत्वमा आउन पनि भारतीय सहयोग लिने प्रवृत्ति छ’

64x64
नेपाल लाइभ आइतबार, भदौ २५, २०७४  ११:५२
1140x725

केपी ओली प्रधानमन्त्री छँदा चीनसँग केही सम्झौता गरे। नाकाबन्दीपछि देशमा भारतविरोधी माहोल बढेको बेला त्यस्ता केही कदमले उनलाई एकसाथ चीननिकट, भारतविरोधी र राष्ट्रवादी नेताको रूपमा उभ्यायो। र, भारतनिकट शक्ति मानिने एमालेलाई नै भारतविरोधी छवितिर ढल्कायो। प्रत्यक्ष-परोक्ष रूपमा नेपाली राजनीति भारतीय हस्तक्षेपको सिकार भइरहेकै कारण एमालेको भारतविरोधी तर्कमा बल पनि पुगिरहेकै छ। यसै सन्दर्भमा भारत-चीनसँगको सम्बन्धका विषयमा एमाले नेता तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेसँग किशोर दहालले गरेको कुराकानी:

भारतसँग एमालेको सम्बन्ध किन बिग्रिएको?
भारतसँग सम्बन्ध बिग्रिएको भन्ने होइन। खासगरी संविधान निर्माणको सम्बन्धमा मधेसी समुदायहरुलाई सम्बोधन गरेर संविधान केहीपछि निर्माण होस् भन्ने आशय भारतले राखेको थियो। त्यसबेला प्रमुख तीन वटै दलहरु एकैठाउँमा उभिए। र, संविधान जारी गर्न ढिलाइ गर्न हुँदैन भन्ने सहमति भएपछि त्यो जारी भयो। त्यतिबेला एस जयशंकर आएर संविधान घोषणालाई पछि सार्न भन्दा दलहरुले मानेनन्। त्यसैले सम्बन्ध बिग्रिँदा सबैसँग बिग्रिएको हो। 

त्यसैले एमालेसँग मात्रै सम्बन्ध बिग्रिनुपर्ने र अरुसँग सप्रिनुपर्ने कुनै आधार छैन। त्यसपछि सरकार परिवर्तन भयो। एमालेको नेतृत्वमा सरकार बनेपछि अघिल्लो सरकारसँगको सम्बन्धको ‘लिगेसी’ नयाँ सरकारमा सर्यि। त्यसैले अघिल्लो सरकार छँदै बिग्रिएको सम्बन्ध पछिल्लो सरकारमा पनि सरेको हो।

नाकाबन्दी भयो। अहिलेको युगमा अर्को देशको आन्तरिक मामलालाई लिएर नाकाबन्दी गर्नु गलत थियो। नाकाबन्दी नै भइसकेपछि सरकारमा रहेको दलले बोल्नै पर्थ्यो। नाकाबन्दी हट्नुपर्छ भन्नैपर्थ्यो। त्यसो गरेपछि सम्बन्ध चिसियो।

संविधान जारी गर्ने बेला तिर बिग्रिएको सम्बन्ध पछि नाकाबन्दी लगायतका घटनाहरुमा निरन्तरता पाउँदै गए। तर, त्यो सम्बन्ध एमालेसँग मात्रै बिग्रिएको होइन। अन्य पार्टीसँग पनि उस्तैउस्तै सम्बन्ध हो जस्तो लाग्छ।

यस्ता सम्बन्धहरुलाई लिएर नेपाल वा भारतमा किन यति चर्चा हुन्छ?
नेपालका नेताहरुले विगतको आन्दोलनका बेला भारतसँग कुरा गर्ने, समर्थन लिन खोज्ने काम निरन्तर हुँदै आएको छ। त्यसैले उनीहरुले केही भन्ने अवसर पाएका छन्। तिमीहरुलाई चाहिँदा यहाँ आउने, अरु बेलाचाहिँ छुट्टै हौं भन्ने? भन्ने गरेका छन्। त्यस्ता कुराले पनि यहाँ काम गरेको छ।

कतिपय बेला पार्टीभित्र पनि माथि आउन नेताहरुले भारतीय सहयोग लिने गरेका छन्। पार्टीको नेतृत्वमा आउन पनि उताको साथ र सहयोग प्राप्त गर्न खोज्ने प्रवृत्तिले पनि उसको बोली माथि भएको छ।

अबका दिनमा सोच्नुपर्छ, आफ्नो राष्ट्रिय राजनीतिको सन्दर्भमा कसैलाई गुहार्ने र आफ्नो अनुकूल प्रयोग गर्ने र नहुँदा गाली गर्ने बानीले हाम्रो राष्ट्रिय राजनीति अगाडि जान सक्दैन। हाम्रो राष्ट्रिय विकासलाई पनि यसले मद्दत गर्दैन। हामी सधैं द्वन्द्व, झगडा, सत्ता प्राप्तिका निम्ति अर्काको सहायता प्राप्त गर्न खोज्ने काम हुन्छ भने सरकारमा बसेपछि उसको कुरा मान्दिनुपर्ने हुन्छ। नमान्दा सम्बन्ध बिग्रिन्छ, चिसिन्छ। यही काम नेपालको राजनीतिमा हुँदै आएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

यस्तो कुरा कतिपय बेला नदेखिने गरी र कतिपय बेला देखिने गरी भएका छन्। बहुदल आएपछि २५ वर्षका भिडियो क्लिप्स हेरेर को पार्टी र कुुनकुन नेता भारतसँग कहिलेदेखि सम्बन्धमा रहे भनेर कोही पत्रकारले बाहिर निकाल्दिने हो भने सबै कुरा स्पष्ट हुन्छ। 

आफ्नै पार्टी सुप्रिमो केपी ओलीलाई भन्नुभएको हो?
होइन। समग्र नेपाली राजनीतिको कुरा गरेको हुँ। यो सबै पार्टीभित्रको कुरा हो। व्यक्तिको कुरा होइन, आम चरित्र हो।

नेपालको राजनीतिक इतिहासको पानालाई पल्टाएर हेर्नुभयो भने भारतसँग कुन बेला कुन नेताको, दलहरुको कस्तो सम्बन्ध विकसित भएर आयो भन्ने कुनै लुकेको विषय नै छैन। 

अर्को देशसँग नजिकको सम्बन्ध बनाउनुपर्ने जरुरत किन पर्छ हामीलाई?
यो त म जान्दिनँ। तर एउटा कुरा के भने, राष्ट्रिय अन्तर्राष्ट्रिय राजनीतिमा जब सत्ता राजनीति सुरु हुन्छ, त्यतिबेला सबैसँग सम्बन्ध राम्रो हुनु नराम्रो कुरा होइन। त्यतिबेला आफ्नो मुलुकको विकासलाई ध्यानमा राखेर छिमेकीहरु र अन्य देशहरुसँग राम्रो सम्बन्ध राख्नुपर्छ। देशको समृद्धिका लागि त्यस्तो गरिएको हो भने सकारात्मक नै हुन्छ। 
तर, व्यक्तिगत आफ्ना आकांक्षा पूरा गर्न त्यस्ता सम्बन्ध राखिएको छ भने त्यो नराम्रो हो। कुनै बेला उसले सहयोग गर्ने र हामीले सहयोग प्राप्त गर्ने उद्देश्य फरक हुन सक्छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अनि, त्यो उद्देश्य फरक परेको बेलामा, उसले भनेको काम गरिदिएन भने के हुन्छ? सम्बन्ध बिग्रन्छ। यस्तो हुँदै आएको छ। त्यसैले सबैलाई जान्नुपर्छ, त्यस्तो सम्बन्ध विकास गर्ने तरिका के हो? कस्तो सीमाभित्र बसेर सम्बन्ध बनाउने, के कामका लागि सम्बन्ध बनाउने हो, त्यसमा स्पष्ट हुनुपर्छ। तर, त्यसो नगरिएपछि खास बेलामा अन्तरविरोध पैदा हुन थाल्छ। स्वभाविक हो।

एमालेमा भएको त्यही हो?
मैले एमालेको मात्रै कुरा गरेको होइन। नेपालको राजनीतिको कुरा गर्दैछु। हाम्रो पार्टी अध्यक्षको कुरा तपाईंले गर्नुभयो। तर, तपाईं गिरिजाप्रसाद कोइरालाई पनि हेर्न सक्नुहुन्छ। पहिले सम्बन्ध राम्रो थियो, पछि बिग्रियो। 

त्यसैले नेपालको राष्ट्रिय राजनीतिको सन्दर्भमा नेतृत्व वृतले के निष्कर्षमा पुग्नु जरुरी छ भने हाम्रो आफ्नो आन्तरिक राजनीति र अन्तर्राष्ट्रिय सम्बन्ध कस्तो हुनुपर्छ, कुन दायरामा सीमित हुनुपर्छ, अन्तर्राष्ट्रिय सम्बन्ध कुन सिद्धान्तबाट अगाडि जानुपर्छ? त्यसको सैद्धान्तिकरण गर्न ढिला भइसक्यो। जुन दिन यो काम हुन्छ, तब मात्रै नेपाल अगाडि बढ्छ। होइन भने सधैं यस्तै भइरहन्छ।
 
के एमालेले त्यो गरिरहेको छ?
म त्यसो भन्दिनँ। हाम्रोमा पनि त्यो भएको छैन। विस्तृत अध्ययन गरेर यसरी जाने भनेर निष्कर्षमा पुगेको अवस्था छैन। तर, त्यो हुनुपर्छ भन्ने लाग्छ।

केपी ओली प्रधानमन्त्री भएका बेला चीनसँगका केही सम्झौतालाई लिएर निकै हल्लाखल्ला भयो। भारतलाई चिढ्याउन एमालेले चीन कार्ड देखाएको हो?
होइन। कतिपय मानिसले भारतलाई देखाउन चीनसँग सम्बन्ध बनायो भन्ने प्रचार गरेका छन्। त्यो सत्य होइन। त्यतिबेला चीनसँग १० वटा बुँदामा सहमति भएको थियो। त्यो पहिलेदेखि भइरहेकै कुराहरुमै सहमति भएको हो। त्यसमध्ये पोखरा एयरपोर्टकै विषयमा चार वटा सम्झौता भएको छ। सम्झौताको लामो विगत हुन्छ। प्रक्रिया हुन्छ। 

प्रधानमन्त्री ओलीले गरेको एउटै मात्र नयाँ सम्झौता हो, ‘ट्रान्जिट ट्रिटी’। त्यहीमात्रै नयाँ कुरा हो, अरु केही नयाँ होइन। 

सम्झौताको दस्तावेज हेर्नुभयो भने त्यहाँ कुनै नयाँ कुरा छैनन्। मनस्थिति, मनोभावना, टिप्पणी, कुराकानी र अन्तर्वार्ताका आधारमा सम्बन्धको चिसोपनाको व्याख्या भएको हो। कुनै लिखित कुराहरुमा होइन। 

भारतलाई पनि थाहा छ, नेपाल विभिन्न कारणले गर्दा चीनतिर ढल्कने अवस्था छैन। भारतसँग खुला सिमाना छ। चीनसँगको सीमानामा प्राकृतिक रुपमै तालाबन्दी गरेजस्तो छ। अहिले पनि जतिसुकै कुरा गरे पनि एउटा राम्रो नाका छैन। भूकम्पपछि तातोपानी नाका पनि बन्द छ। रसुवा नाका वर्षमा ६ महिना बन्द हुन्छ। यस्तो अवस्थामा चीनसँग कसरी ढल्किएको हुन्छ?

चीनसँग यातायात मार्ग पनि खराब छ। हवाइ मार्ग पनि प्रभावकारी छैन। दाँत हल्लियो भने पनि भारत जाने जस्तो स्थिति चीनसँग छैन। हाम्रो सम्बन्ध, आवागमन, यातायातको सुविधा, आयातको हिसाबले हेर्दा पनि भारतसँग बढी निकटता छ। त्यो परिस्थितिमा कुनै फेरबदल आएको होइन। सम्बन्ध बिग्रेको हो कि राम्रो छ भन्ने कुरामा मनस्थितिको प्रस्तुतिकरण भइरहेको छ। 

प्रधानमन्त्री छँदा ओली चीन गएको कुरालाई निकै प्रचार गरेको त हो नि? रेल नै आउलाजस्तो हल्ला भइरहेको थियो!

नाकाबन्दीको बेला चीनतिरबाट रेल आइदिएको भए यस्तो परिस्थिति भोग्नुपर्दैन थियो होला भन्ने सबैलाई भएको थियो। मिडियाहरुले पनि रेल आउँदैछ भनेर पत्रिकामा फोटो छापिदिए। के रेल आउँदैछ र अहिले?फोटो आउँदैमा दिल्ली तर्सिनुपर्ने थिएन। तर, तर्सियो। 

भारत र चीनको नेपालमा स्वीकार्यता कति हो?
हामी दुवै मुलुकसँग समदुरी राख्छौं। हाम्रो हितको लागि दुवै मुलुकको सहयोग अपेक्षित छ। तर, राजनीतिक मामलामा बाह्य हस्तक्षप हुनुहुँदैन। त्यसमा यी दुवै देशले नेपाली मनोभावना बुझ्नुपर्छ। 

नेपालको राजनीतिमा भारतको भूमिका वा हस्तक्षेप कति गहिराइमा पुगेको छ?
हुन त धेरैले भारतीय हस्तक्षेप बढ्यो भन्छन्। तर, मचाहिँ घटेको देख्छु। जस्तो, २००७ सालपछि भारतीय राजदूत नै नेपाली क्याबिनेटको बैठकमा बस्थे। अहिले त छैन नि! अब भन्नुस् बढ्यो कि घट्यो?

यस्तो प्रभाव तलमाथि भइरहन्छ। तर हाम्रो प्रभाव बढाउँदै गयौं भने उसको प्रभाव कम हुँदै आउँछ। त्यसैले हामीले आफ्नो भूमिका खेल्नेबारे पो सोच्नुपर्यो । हामी आफ्नो विषयमा बहस गर्दैनौं, अरुको कुरामा चिन्ता लिएर बस्छौं।

प्रकाशित मिति: आइतबार, भदौ २५, २०७४  ११:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो अभियानअन्तर्गत बुटवलका नरबहादुर ठोक्करले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। बिहीबार, असोज २९, २०८३
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट रिटेलर्सका लागि सरप्राइजका रूपमा आयोजना गरिएको यस कार्यक्रममा सेल्ट्रोन नेपालको टोली विभिन्न रिटेल स्टोरमा पुगेर केक काट्नुका साथै द... सोमबार, असोज २६, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्