काठमाडौं– प्रहरीले राजधानीका ६ वटा साइबर तथा फोटो स्टुडियोका संचालकहरुलाई पक्राउ गरेको छ । नक्कली शैक्षिमप्रमाणपत्र तथा लाइसेन्सहरु बनाएको आरोपमा सिआईबीले उनीहरुले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा धापासीस्थित न्यू लुम्बिनी कम्यूनिकेशन एण्ड फोटो स्टुडियोका संचालक टेक बहादुर बुढा मगर, राप्ती फोटो स्टुडियोका संचालक रामजी प्रसाद डिसी, रचना फोटो स्टुडियोका संचालक विराज श्रेष्ठ, स्याङजा तनहुँ कम्यूनिकेशनका संचालक हरी बहादुर शाही, श्रेष्ठ कम्यूनिकेशनका हरिराम श्रेष्ठ र सिनामंगलस्थित कल्की एयरपोर्ट स्टुडियोका संचालक बिश्वनाथ अधिकारी छन्। कान्तिपुर म्यानपावरका कर्मचारी श्याम बहादुर थापा मगरलाई पनि सिआईबीले पक्राउ गरेको छ।
उनीहरुले संगठित रुपमा कीर्ते कागजपत्र बनाउदै आएको सिआईबीका प्रवक्ता एसपी जिवन श्रेष्ठले बताए । उनीहरुबाट प्रहरीले एलएलसीदेखि माष्टरसम्मका सर्टिफिकेट बनाउदै आएका थिए । छापा हानेका सबै कम्यूनिकेशनबाट नक्कली होलोग्राम तथा स्ट्याम्पहरु समेत बरामद भएको छ । खासगरी बिदेश जाने व्यक्तिहरुको उनीहरुले सक्कली जस्तै देखिने नक्कली सर्टिफिकेट र लाइसेन्स बनाउदै आएका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।