काठमाडौं- नेपाल मिडिया काउन्सिल विधेयको विरोधमा पत्रकारहरुले हातेसाङ्लो बनाएका छन्।
शनिबार दिउसो ३ बजे बबरमहलमा जम्मा भएका पत्रकाहरुले एकआपसमा हात जोडेर ‘हातेसाङ्लो’ बनाएका हुन्।
उक्त प्रतीकात्मक विरोध कार्यक्रमले पत्रकार जगत् मिडिया विधेयकका विरुद्ध एक रहेको सन्देश प्रवाह गरेको थियो।
नेपाल पत्रकार महासंघको आव्हानमा गरिएको कार्यक्रममा राष्ट्रिय दैनिकका सम्पादकहरु र विभिन्न मिडियामा आबद्ध पत्रकारहरू सहभागी थिए।
संविधान प्रदत्त प्रेस स्वतन्त्रता खोस्ने गरी सरकारले विधेयक ल्याएको भन्दै केही समयदेखि पत्रकारहरु आन्दोलनमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।