काठमाडौं– सहकारीको खोलेर सर्वसाधरणको पैसा उठाई फरार भएका दुई जना पक्राउ परेका छन् । अदालतले समेत ठगी मुद्दामा दोषी ठहर गरेका कीर्तिपुरकी सुनिता श्रेष्ठ(बिष्ठ) र सुरज श्रेष्ठलाई पक्राउ गरेको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले उनीहरुलाई शनिबार पक्राउ गरेको हो ।
उनीहरुलाई ललितपुर जिल्ला अदालतले ११ फागुन २०७३ मा दोषी ठहर गरी दुवै जनालाई एक वर्ष कैद र ६७ लाख १६ हजार ६ सय ३१ रुपैयाँ जरिवानाको पैmसला सुनाएको थियो । फरार रहकै आएका उनीहरुलाई कीर्तिपुरबाटै पक्राउ गरी अदालत पेश गरिएको र अदालतले कारागार चलान गरेको सिआईबीले जनाएको छ ।
उनीहरुले बाग्मती सहकारी तथा मञ्जुश्री सहकारी संस्था मर्ज गरी संस्था बन्द गरेर फरार भएका थिए । उनीहरुविरुद्ध २ सय ८ जना जाहेरी दिएका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।