काठमाडौं– राजधानीमा चोरी गर्न आएको भारतीय समूह समातिएको छ । महानगरीय अपराध महाशाखाको टोलीले शनिबार सात जनाको समूहलाई पक्राउ गरेको हो ।
बिहार घर भएका दिनेश पोदार, मुकेश कुमार पोदार, केतुल पोदार, चन्तन पोदार, सुरज पोदार, बिकास पोदार र उनीहरुको नेपाली साथी बाराका राजकुमार अधिकारीलाई पक्राउ गरेको हो ।
चोरी गर्न हिडेको अवस्थामा महाशाखाको टोलीले सिनामंगलबाट उनीहरुलाई पक्राउ गरेको हो । केही घडि लगायत चोरी भएका सामानहरु समेत प्रहरीले बरामद गरेको छ । उनीहरुबाट भएका चोरीका घटनाहरुको अनुसन्धान भइरहेको अपराध महाशाखाका प्रहरी निरीक्षक भरत थापाले बताए । उनीहरु चोरी गर्नै उदेश्यले नै नेपाल आएको प्रहरीले जनाएको छ । कवाडी सामान टिप्ने बहानामाले विभिन्न घरमा गएर निगरानी गर्ने चोरी गर्ने महाशाखाले जनाएको छ । गौशला,तिलगंगाका सुकुम्बासी बस्तीमा लुकेर बस्ने चोरीपश्चात् भाग्ने गरेको प्रहरीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।