काठमाडौं– गोकर्णेश्वर नगरपालिका–८ आरुवारीमा मोटरसाइकलबाट खसेर एक व्यक्तिको मृत्यु भएको छ । ललितपुरको जवलाखेल बस्ने गोदावरी नगरपालिका–७ का ३९ बर्षीय आशिष तामाङले चलाएको बा.३३ प ६४१४ नम्बरको मोटरसाइकलबाट शनिबार अचानक खसेर महांकाल बस्ने सिन्धुपाल्चोकका ६३ बर्षीय जयलाल सुनारको मृत्यु भएको् हो ।
गुडिरहेको मोटरसाइकलबाट सुनार खसेका थिए । गम्भीर घाइते भएका उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको । मोटरसाइकल चालक तामाङलाई प्रहरीले पक्राउ गरेको छ । उनीविरुद्ध सवारी ज्यान मुद्दा चल्ने महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी अच्युत पुडासैनीले बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।