काठमाडौं- मुलुककै सर्वोच्च प्रशासकीय निकाय सिंहदरबारबाट गाडीको टायर चोरी भएको छ। सुरक्षाको दृष्टिकोणले अत्यन्त संवेदनशील मानिने सिंहदरबारभित्र पार्किङ गरेर राखिएको टोयटाको हाइलक्स गाडीको चार वटै टायर चोरी भएको हो। ना. अ. प. ३२४ नम्बर देखिने उक्त गाडीका चार वटै गायब भएका हुन्।
स्थानीय विकास मन्त्रालको सस्पेन्सन ब्रिज शाखा अन्तर्गतको सो गाडीको टायर चोरी भएको हो। टायर चोरीबारे अनुसन्धान भइरहेको सिंहदरबार सुरक्षा गणका डिएसपी प्रेम जोशीले जनाएका छन्।



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।