काठमाडौं- गल्छी–त्रिशुली–रसुवागढी सडकखण्ड आइतबारदेखि दैनिक ८ घण्टाका लागि बन्द हुने भएको छ। ३ महिनासम्मका लागि बिहान ६ देखि ९ र बिहान ११ देखि अपरान्ह ४ बजेसम्म गल्छी–पिपलटार सडक बन्द हुने भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटबाट प्रहरी नायब निरीक्षक अर्जुन पौडेलले जनाए।
त्रिशुली–मैलुङ सडक आयोजनाको कामलाई तीव्रता दिन दैनिक ७ घण्टा सडकमा काम हुनेछ। गल्छी–त्रिशुली रसुवागढी सडकको गल्छीदेखि पिपलटारसम्मको सडक खण्डमा पहाड काट्ने काम हुने भएकाले फागुन मसान्तसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको हो। सहज यात्रका लागि उक्त सडक खण्ड हुँदै चल्ने सवारी साधनले अन्य वैकल्पिक मार्गको प्रयोग गरी यात्रा गर्न प्रहरी नायब निरीक्षक पौडेलले सुझाव दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।