• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, माघ ११, २०८२ Sun, Jan 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

खाडीमा बिनुको खुसी, पहिलो पटक छोरी लिएर नेपाल

64x64
नेपाल लाइभ शनिबार, जेठ २५, २०७६  १४:५०
1140x725

काठमाडौं– बुधबार दिउँसो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल।

आगमन कक्षमा ट्रलीमा सामान राखेर गुडाउँदै फर्किने युवाहरुको लर्को लागेको छ। सबैको मुहारमा स्वदेश फर्कंदाको खुसी देख्न सकिन्छ। कोही आफन्त भेटिहाल्ने लालसाले अलि हतारिएझैं देखिन्छन्। 
 
त्यसैबीचमा अलि फरक दृश्य देखियो। एक युवा ट्रली गुडाउँदै बाहिरिए। साथमा सानी बच्चीलाई समेत राखेर।

युएईबाट फर्किएका बिनु महर्जन रहेछन् उनी। ट्रलीमा समानसहित छोरी राखेर लिएर आएको दृश्यतिर सबैको आँखा तानियो।
केहीकेही त भनिरहेका थिए–
–आहा कति क्युट बेबी।
– खस्ला नि ट्रलीबाट।

युएईका १० वर्ष 
उच्च शिक्षा अध्ययन सकेर बसिरहेका थिए बिनु। युएईमा राम्रो रोजगारीको अवसरबारे कतैबाट सुने। आफन्तहरु पनि युएईमा थिए। व्यावसायिक रुपमा राम्रै सफलता पाइरहेका। त्यसैले युएई जानलाई उनलाई समस्या भएन।

युएई उड्दा उनको उमेर २२ वर्षको थियो। उता पनि भनेजस्तै सजिलो काम पाए। कहिल्यै दुःख परेन। 'त्यहाँको अलसिद कम्पनीमा एचआर कोअर्डिनेटरका रुपमा काम गर्न थालेँ,' उनी भन्छन्, '१० वर्षसम्म निरन्तर सोही कम्पनीमा कार्यरत छु। राम्रो भएरै त होला यतिका वर्ष बितेको पत्तै भएन।

छोरीको पहिलो नेपाल यात्रा 
युएईको उनको कम्पनीबाट छुट्टी मिलिरहन्छ। उनी यही मौका छोपेर नेपाल आउने गर्छन्। 

Ncell 2
Ncell 2

नेपाल फर्किएकै बेला उनले विवाह गरेका हुन्। विवाहपछि श्रीमतीलाई पनि उनले युएई नै लगे। अहिले उनीहरु दुवै एउटै कम्पनीमा काम गर्छन् श्रीमती भने एचआर एडमिनका रुपमा कार्यरत छिन्। 

‘दुवै सँगै भएकाले झनै राम्रो भयो,' उनले खुसी साटे, 'काम र कमाइ पनि ठिक छ।'

३ वर्षअगाडि छोरी जन्मिइन्। तर, छोरी सानै भएकाले त्यसयता उनी नेपाल आउन पाएका थिएनन्। कतिबेला नेपाल पुगौं भन्ने भइरहेका बेला यतिबेलै कम्पनीमा १० दिनको बिदा मिल्यो। उनी पिँजडाबाट फुत्किएको चराझैं उडेर नेपाल आइपुगे।

परिवार र आफन्तसँग खुसी साटासाट गर्ने योजना बनाएर छोरी लिएर नेपाल फर्किएको बताउँछन् उनी। ‘श्रीमतीको बिदा मिलेन, त्यसैले छोरी र म मात्रै आयौं,’ बिनुले मुस्कुराउँदै भने। 

उनले छोरीलाई पहिलो पटक नेपाल ल्याएका हुन्। छोरीलाई आफन्तहरुसँग चिनजान गराउने र नेपालीपन चखाउने योजनामा छन् बिनु।

क्षमता र योग्यता हुँदा कमाइ राम्रो
रोजगारीका लागि खाडी मुलुक पुगेका युवाहरु भन्नेबित्तिकै हामी अप्ठ्यारै काममा पसिना बगाउन गएका हुन् भन्ने सोच्छौं। तर कतिपय नेपालीहरु खाडी मुलुकमा पनि व्यावसायिक काम गरेर राम्रो पैसा कमाइरहेका छन्। सिप, क्षमता र योग्यता भएका नेपाली युवालाई खाडी मुलुकमा राम्रो अवसर पाउन गाह्रो छैन।

यसैमध्येका एक हुन्, बिनु। 

‘खाडी भए पनि काम गर्ने क्षमता आफूसँग छ भने सजिला कामहरु पाइन्छन्, कमाइ पनि राम्रै हुन्छ,’ उनी भन्छन्।
 
बिनु र उनकी श्रीमती मिलेर मासिक २  लाखभन्दा बढी कमाउँछन्। सेवासुविधा पनि कम्पनीले राम्रै दिएको उनको भनाइ छ।

प्रकाशित मिति: शनिबार, जेठ २५, २०७६  १४:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
चीनसँगको व्यापार सम्झौतापछि क्यानडामाथि उच्च आयात शुल्क लगाउने ट्रम्पको चेतावनी
राष्ट्रियसभा निर्वाचनः ५० प्रतिशतभन्दा बढी मतदान
नागढुंगाबाट खैरो हेराइनसहित युवक पक्राउ
सम्बन्धित सामग्री
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
ताजा समाचारसबै
चीनसँगको व्यापार सम्झौतापछि क्यानडामाथि उच्च आयात शुल्क लगाउने ट्रम्पको चेतावनी आइतबार, माघ ११, २०८२
राष्ट्रियसभा निर्वाचनः ५० प्रतिशतभन्दा बढी मतदान आइतबार, माघ ११, २०८२
नागढुंगाबाट खैरो हेराइनसहित युवक पक्राउ आइतबार, माघ ११, २०८२
कांग्रेस नेता शर्माको अपिलः मलाई ७० हजार मत दिएर जिताउनुस् आइतबार, माघ ११, २०८२
३ दिनदेखि बेपत्ता प्रहरी जवान मृत फेला आइतबार, माघ ११, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
हरिबोल गजुरेलसहित ७ नेता नेकपाबाट निष्कासित शनिबार, माघ १०, २०८२
चुनावबारे ओली अझै अन्योलमा,भने- आन्दोलनमा उत्रिनुपर्ने हो कि चुनावमा सहभागी हुनुपर्ने हो, भन्न सकिन्न शनिबार, माघ १०, २०८२
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको सुझाव शनिबार, माघ १०, २०८२
आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना आइतबार, माघ ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्