पोखरा– सिर्जनशील कलाकार समूह पोखराद्वारा प्रदान गर्दै आइएको ‘सिर्जनशील युवा कला पुरस्कार’ यस वर्ष पर्वतका कलाकार जय पुनलाई प्रदान गरिने भएको छ।
वरिष्ठ कलाकार बुद्धि गुरुङको संयोजकत्वममा गठित प्रतिभा छनोट समितिले पुरस्कारका लागि पुनको नाम छनोट गरेको हो।
समूहका सल्लाहकार एवं पुरस्कारका संस्थापक विश्वरत्न शाक्यले आफ्ना पिता सिद्धिरत्न शाक्य र माता सेतुलीमाया शाक्यको स्मृतिमा २०६४ सालदेखि रु एक लाख ५० हजारको अक्षय कोष स्थापना गरी प्रदान गर्दै आएको पुरस्कारको राशि रु १० हजार नगदसहित ताम्रपत्र रहेको छ।
उनका अनुसार मोफसलमा लुकेर रहेका प्रतिभामध्ये एकजनालाई समूहले यस पुरस्कारबाट प्रत्येक वर्ष पुरस्कृत गर्दै आएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।