एजेन्सी– बलिउड सुपरस्टार शाहरुख खानको पछिल्लो फिल्म ‘जिरो’ बक्स अफिसमा नराम्रोसँग पछारियो। यो फिल्म फ्लप भएपछि शाहरुखका समर्थक उनको नयाँ फिल्मको प्रतीक्षामा छन्।
रिपोर्ट अनुसार शाहरुख खान राजकुमार हिरानीको नयाँ फिल्ममा हिरो भएर दर्शकमाझ आउँदैछन्। उनको यो फिल्म रोमान्टिक लव स्टोरी हुने छ।
राजकुमार हिरानी र शाहरुखका बीचमा यही फिल्मलाई लिएर धेरै पटक मिटिङ भइसकेको छ। त्यसपछि किङ खान नयाँ प्रोजेक्टका लागि तयार भएको एजेन्सीहरुले जनाएका छन्। छिट्टै राजकुमार हिरानीसँगको नयाँ फिल्मी यात्राका बारेमा शाहरुखले घोषणा गर्ने छन्।
राजकुमार हिरानीको ब्यानरमा बन्ने यो फिल्मको निर्माण पनि हिरानीले नै गर्ने छन्।
फिल्म जिरोको असफलतापछि शाहरुख कुनै प्रकारको जोखिम उठाउन तयार छैनन्। पछिल्लो पटक चीनमा आयोजना भएको एक कार्यक्रममा शाहरुखले आफ्नो अघिल्लो फिल्मको घोषणा जुनमा गर्ने बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।