काठमाडौं– नेपाल घुम्न आएका एक रसियन पर्यटक २ किलो चरेशसहित पक्राउ परेका छन् । शनिबार विमानस्थलमा प्ररहीले ३३ वर्षिय भिक्टर इसिभानोनलाई पक्राउ गरेको हो ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको होल्ड ब्यागेज चेकिङतर्फको एक्सरेमा चेकजाँच गर्दा उनले बोकेको झोलामा २ वटा च्यावनप्राशको बोतलमा राखी लुकाई छिपाई तस्करी गर्न लागेको चरेस फेला परेको हो । लागूऔषध नियन्त्रण ब्यूरोले रसियनमाथि थप अनुसन्धान अघि बढाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।