काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, चाबहिलका करिब एक दर्जन कर्मचारीसमेतको मिलेमतोमा काठमाडौँका विभिन्न स्थानका जग्गा गैरकानुनी स्रेस्ता राखी बिक्रीवितरण भएको ठहर गरी आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।
आयोगले आज विज्ञप्ति जारी गरी त्यस्तो अवैध कार्यमा संलग्न सो मालपोत कार्यालयका अधिकृत चेतनाथ ढकाल र तिर्खाराम अर्यालसहित वर्तमान र पूर्वकर्मचारी गरी १३ जनाविरुद्ध आरोपपत्र दायर भएको जनाएको छ ।
उनीहरुले साविक गोठाटार, मूलपानी र विष्णु गाविसका जग्गामा नक्कली स्रेस्ता खडा गरी बिक्रीवितरण गरेको पाइएको छ । रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।