काठमाडौं– इदको अवसरमा रिलिज भएको हिन्दी फिल्म 'भारत'ले पहिलो दिनमै ४२ करोड ३० लाख भारतीय रुपैयाँ संकलन गरेको छ। विश्वकप क्रिकेट, त्यसमा पनि भारतको खेलका कारण कमाइमा असर पर्ने पूर्वानुमान समेत गलत सावित गर्दै बक्स अफिसका विभिन्न रेकर्ड तोडेको छ।
फिल्म सलमानको करियरमै पहिलो दिन धेरै कमाउने सावित भएको छ। यो प्रेमका लागि सलमानले ट्वीटमार्फत् धन्यावाद दिएका छन्।
इदकै अवसरमा यसअघि रिलिज 'सुल्तान'ले ३६ करोड ५४ लाख र 'टाइगर जिन्दा है'ले ३४ लाख १० करोड पहिलो दिन कमाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।