• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक ६, २०८३ Fri, Oct 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सत्तापक्ष र प्रतिपक्षबीच संसदमा दोहोरी

64x64
नेपाल लाइभ बिहीबार, जेठ २३, २०७६  १५:५०
1140x725

काठमाडौं- सत्तारुढ दल नेकपा र नेपाली कांग्रेसका सांसदबीच दोहोरी चलेको छ। रोजगारी र द्वन्द्वकालीन मुद्दाका विषयमा दोहोरी चलेको हो। 

नेकपा सांसद जनार्दन शर्माले दोषारोपण गरेर पानीमाथिको ओभानो नबन्न प्रतिपक्षी दललाई चेतावनी दिएका छन्।

प्रतिपक्षी दल नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल गौतमले माओवादीको हिंसात्मक द्वन्द्वका कारण नेपाली युवाहरु विदेश जान बाध्य भएको धारणा राखेपछि त्यसको प्रतिकार गर्दै शर्माले अरुलाई दोषारोपण गरेर उम्कने काम नगर्न चेतावनी दिएका हुन्।

उनले संविधान निर्माण लगायत उपलब्धिको श्रेय मात्रै नलिएर सबै कमी कमजोरीको सबैले सामुहिक जिम्मेवारी लिनुपर्ने बताए।

सत्तामा बसेर निरन्तर नेतृत्व लिएकाहरुले राम्रा कामका जस मात्रै नभई गल्तीहरुको पनि जिम्मेवारी लिनुपर्ने बताए।

गल्तीहरु दोषारोपण गरेर पानीमाथिको ओभानो भएर सुख नपाईने भन्दै उनले सबै जस अपजसको सामुहिक जिम्मेवारी लिनुपर्ने बताए।

'परिर्वतनलाई, संघीयतालाई, संविधानसभालाई, अहिलेको अधिकारलाई बडो गर्वका साथ फलानोको पालामा यसो गर्यौ भन्ने? अनि त्यसपछि आएर जनयुद्ध, जंगल पसेर सबै विनाश गरे भनेर भन्ने? म जिम्मा लिन चाहन्छु। जनयुद्ध गरेर यो देशको परिर्वतन गर्नेको एउटा कमाण्डर म पनि हुँ। त्यसकारण म पूर्ण रुपमा जिम्मा लिन चाहन्छु,' नेता शर्माले भने, 'त्यसले दिएको उपलब्धि , परिर्वतका पक्षहरु, राजतन्त्र अन्त्य गरेको कुराहरु बिर्सन मिल्छ? त्यसकारण गल्तीहरुपनि सामूहिक रुपमा लिऔँ। त्यहा भएका कमिकमजोरीहरु लिन म तयार छु। र त्यतिबेलाको माओवादी लिन तयार छ। कमरेड प्रचण्ड लिन तयार हुनुहुन्छ।'

सांसद भुसालले २०४८ साल देखिको मुलुकको आर्थिक अवस्थाको फेयरिस्त प्रस्तुत गर्दे नेपाली कांग्रेसले लिएको नीजिकरणलाई तात्कालीन कम्युनिष्ट पार्टीले पनि सहयोग गरेको तथा २०५० सालमा एक वर्षको अवधिमा ९० हजार‍ रोजगारी श्रृजना भएको दाबी गरेकी थिइन्। सोही क्रममम उनले तात्कालीन माओवादी द्वन्द्वका कारण युवाहरु विदेशीन बाध्य भएको बताएकी थिइन्। 

Ncell 2
Ncell 2
nimb
nimb

'जब नेकपा एमालेले नीजिकरणको विरोध गर्दै गयो, अरुण तेश्रो योजनालाई अघि बढा‍‍औं भन्दाखेरी त्यसको विरोध गर्दे गयो र आज आएर भारतसंग ५ सय मेगावाट किनेर रोजगारी श्रृजना गर्ने अवसरलाई गुमायो। नीजीकरणको नीतिलाई गुमायो भने अर्कोतिर माओवादीहरु जंगलमा गएर हिंसात्मक द्वन्द्व गरेर नीजी क्षेत्रलाई ध्वस्त पार्दे गए, युवालाई  विदेश जानका लागि बाध्य गरे। नीजीकरणको विरोध गरे त्यसको परिणाम स्वरुप नेपाली युवाहरु विदेश जान बाध्य भएका थिए । त्यही भएर नेपाली कांग्रेसको समयमा युवाहरु विदेश गए भन्ने तथ्यांक म निवेदन गर्न चाहन्छु बालुवाटारको प्रधानमन्त्री कार्यालयमा गएर हेरौँ। नेपाली कांग्रेसको समयमा ९० हजारभन्दा बढी युवाहरुले रोजगारी पाएका थिए।'   

प्रतिनिधिसभाको बिहिबारको बैठकमा आगामी आर्थिक बर्ष २०७६/७७ को बजेटमाथिको छलफलमा बोल्न रोष्टम पुगेका सांसद शर्माले सांसद भुसालको अभिव्यक्तिको खण्डन गरेपछि मात्रै विषयवस्तुमा प्रवेश गरेका थिए।

प्रगतिशील उत्पादक शक्तिको विकास गरी समाजवाद उन्मुख अर्थतन्त्रमा पुग्ने बहस नै अहिलेको बहसको विषय भएको भन्दै सांसद शर्माले प्रगतिशील उत्पादक शक्तिको विकास गर्दे उत्पादनको साधन र स्रोतमा जनताको सहभागिता विस्तारमा जोड दिनुपर्ने बताए।

उनले बजेटले सम्मृद्ध मुलुक बनाउने सरकारको नारालाई आत्मसाथ गरेको, राष्ट्रिय पूँजी निर्माणलगायत विषयमा प्राथमिकता दिएको बताए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

गतवर्ष हराएको कर्णाली अहिलेको बजेटमा सम्बोधन भएकोमा उनले धन्यवाद दिएका थिए।

उनले बजेटमा संघीयतको मर्म बोध नभएको ,कृषिमा आत्मनिर्भरका आयोजना प्रभावकारी हुन नसकेको , चालु खर्च बढ्दै जाने र पूँजीगत खर्च घट्दै जानु चिन्ताको विषय भएको, तलबवृद्धि प्रतिशतमा नभई एकमुष्ट तोकिनुपर्ने, बजेट खर्चका लागि ठोस विधि बनाउन नसकिएको टिप्पणी गरे।

विगतका सबै उद्योगलाई स्थापित गरी नयाँ उद्योग स्थापना बढाउनुपर्नेमा उनको जोड छ।

'हिजो बेचिएका उद्योगहरुलाई आज फिर्ता ल्याएर, हिजो लिलाम गरेका उद्योगहरुलाई आज फिर्ता लिएर फेरी जनतासहितको सरकारको सहभागीतामा अगाडि बढाउने प्रष्ट नीति तथा कार्यक्रम खै? किन त्यो गर्नुभएन? उनले भने विगतका अर्थमन्त्रीहरुले गरेका गल्तीहरुलाई तपाईहरुले किन सच्याउन चाहनुहुन्न?'

प्रकाशित मिति: बिहीबार, जेठ २३, २०७६  १५:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी
दिल्लीमा भारतका प्रधानमन्त्री मोदीसँग अर्थमन्त्री वाग्लेको भेट
तिब्बतमा शक्तिशाली भूकम्पमा परि १६ जनाको मृत्यु , ६५ घाइते
सम्बन्धित सामग्री
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी अर्थमन्त्री वाग्लेले भारतको नयाँदिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गरेका हुन्। शुक्रबार, कात्तिक ६, २०८३
दिल्लीमा भारतका प्रधानमन्त्री मोदीसँग अर्थमन्त्री वाग्लेको भेट नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’का क्रममा अर्थमन्त्री वाग्ले र भारतीय प्रधानमन्त्री मोदीबिच भे... शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश गड्डाचौकीबाट भारतीय नम्बरको गाडीमा परिवारसहित भारतीय सुरक्षाकर्मीको स्कर्टिङमा लामिछाने भारततर्फ लागेका हुन् । शुक्रबार, कात्तिक ६, २०८३
ताजा समाचारसबै
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी शुक्रबार, कात्तिक ६, २०८३
दिल्लीमा भारतका प्रधानमन्त्री मोदीसँग अर्थमन्त्री वाग्लेको भेट शुक्रबार, कात्तिक ६, २०८३
तिब्बतमा शक्तिशाली भूकम्पमा परि १६ जनाको मृत्यु , ६५ घाइते शुक्रबार, कात्तिक ६, २०८३
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
एकाएक किन खुल्न छाेडे राष्ट्रपति देखि प्रधानमन्त्री कार्यालयसम्मकाे वेबसाईट, यस्ताे छ अन्तर्रास्ट्रिय असर बिहीबार, कात्तिक ५, २०८३
नेपाली मूलका व्यक्तिलाई पिएनओ परिचयपत्र दिन माग बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्