काठमाडौँ- नेपाली काँग्रेसले जागरण अभियान प्रभावकारी बनाउन काठमाडौंमा रक्तदान कार्यक्रम पनि सुरु गरेको छ।
नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार काठमाडौंमा एक कार्यक्रमकाबीच रगत दान गरेर सो कार्यक्रमको पनि शुभारम्भ गरेका हुन्।
कार्यक्रममा बोल्दै उनले भने, 'पार्टीको राष्ट्रिय जागरण अभियानलाई प्रभावकारी बनाउन काठमाडौंमा रक्तदान कार्यक्रमको पनि सुरु गरिएको हो। काठमाडौं उपत्यका भित्र रगतको अभाव हुन नदिन नेपाली काँग्रेस जिल्ला सम्पर्क समितिहरुको संयोजनमा यो कार्यक्रम सुरु गरिएको छ।'
रक्तदान कार्यक्रमलाई हरेक महिनाको अन्तिम शनिबार आयोजना गर्ने पनि काँग्रेसको योजना छ।
नेपाली काँग्रेसको राष्ट्रिय जागरण अभियान अन्तरगतको पहिलो चरणको कार्यक्रम जेठ २५ गते सकिँदैछ।
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्।
अस्पतालमा रगतको अभाव हुन नदिन कांग्रेसको रक्तदान अभियान pic.twitter.com/DEmirAckRa
— NepalLive (@NepalLive1) June 6, 2019
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।