काठमाडौैं– भारत हुँदै महिलाहरुलाई इराक पठाउने भनेर श्रीलङकासम्म पु¥याएर अलपत्र बनाउने सिन्धुपाल्चोक बाह्रबिसेका ग्याल्जेन लामा पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाले उनलाई बिहिबार ललितपुरको चापागाउँबाट पक्राउ गरेको हो ।
उनले गत वर्ष ११ असारमा एक युवतीलाई इराक लैजाने भन्दै भैरहवा हुँदै नयाँदिल्ली पु¥याएका थिए । त्यहाँबाट श्रीलङका हुँदै इराक पठाइएकोमा उनी एक महिना कोलम्बोमा अलपत्र परेकी थिंइन् । आफन्तहरुको सहयोगमा उनी एक महिनापछि काठमाडौं फर्किएकी थिइन् । नेपाल फर्किएपछि उनले प्रहरीमा उजुरी दिएकोमा शेर्पा फरार भएका थिए । मासिक एक लाख तलब हुने भन्दै उनलाई फकाएर पठाइएको थियो । अनुसन्धानको क्रममा उनलाई इराक लगेर बेच्न लागिएको खुलेको छ ।
फरार रहेका शेर्पा करिब १५ महिनापछि पक्राउ परेका हुन् । पक्राउ परेका शेर्पालाई मानव बेचबिखन मुद्दामा कारबाही अघि बढाइएको अपराध महाशाखाले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।