• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, साउन २३, २०८३ Sat, Aug 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

राइटरबाट राइडर बनेकी ६१ वर्षीया ‘बुलेट लेडी’

64x64
नेपाल लाइभ शुक्रबार, जेठ २४, २०७६  ०९:०३
1140x725

भैरहवा- उमेर ६१ वर्ष, काठमाडौं नयाँ बानेश्वरकी पुष्पलता आचार्यलाई देख्दा उनी बुढ्यौली उमेरमा छिन् भन्ने लाग्दैन। यसमा युवतीहरुलाई नै चुनौती र प्रेरणा दिनेगरी उनले गर्ने हर्कतले बल थप्छ। कारण उनी यो उमेरमा पनि निर्धक्क बुलेट बाइक चलाउँछिन्।

समान्यतया उमेरले ६० कटेकालाई वृद्धको रुपमा लिइन्छ। त्यसमाथि यो उमेरका अधिकांश पुरुष तथा महिलाहरुलाई कडा र भारी काम तथा व्यवहारभन्दा आरामतर्फ रुची रहन्छ। त्यो उनीहरुको शारीरिक अवस्थाको उपज पनि हो। किनकी सो उमेरसम्म हाम्रो शारीरिक अवस्था प्रौढजस्तो बलियो रहँदैन। यी सबै तथ्यलाई भने आचार्यको व्यवहारले चुनौती दिन्छ। त्यसमाथि अन्य महिलाहरुको लागि प्रेरणा पनि।

किनकी आमरुपमा बुलेट बाइक चलाउनु सामान्य मानिँदैन। बढी क्षमताको इन्जिन हुने भएकोले पनि बुलेट बाइक भारी हुन्छ। अखिर यो उमेरमा पनि किन चलाउन मन लाग्यो त आचार्यलाई बुलेट बाइक?

‘यो उमेरमा केही गर्न सकिँदैन भन्ने धेरै महिलाहरुको मनोविज्ञान छ,’ पुष्पलता भन्छिन्, ‘म त ६१ वर्ष पुगें। तर, इच्छा शक्ति, आत्मबल र स्वच्छ मन भएपछि जस्तो सुकै काम पनि गर्न सकिन्छ भन्ने उदाहरण दिनका लागि मैले बुलेट बाइकलाई राजेकी हुँ। यसबाटै महिलाको हकअधिकारका लागि पनि आगाडि बढिरहेको छु।’

उनी महिलाहरुको प्रेरणाका लागि 'बुलेट बाइक राइडर’ बनेको बताउँछिन्। बुलेट बाइकमा चढेर देशका विभिन्न स्थानका महिलाहरुको गलत मनोविज्ञान चिर्दै यस उमेरमा पनि अगाडि बढ्न सक्ने प्रेरणा दिँदै हिँडेकी छिन् उनी। घरको चुलोचौकोमा बस्ने महिलाहरुलाई बाहिर निस्कन आग्रह गर्ने आचा‍र्यको सकारात्मक सोचका साथ काम गरे गन्तव्यमा पुग्न कुनै कठिनाइ नहुने बुझाइ छ।

आचार्य फरक जीवनशैलीबाट यहाँसम्म मोडिएकी हुन्। उनी यसअघि लेखकको रुपमा परिचित थिइन्। उनले विभिन्न विधामा ६३ बढी पुस्तक लेखेकी छन्। कथा, कविता, उपन्यास लेख्नुका साथै संगीत र फिल्म क्षेत्रमा समेत काम गरेको अनुभव छ उनीसँग। पुस्तक लेखनबाट आएको रकमले विभिन्न विद्यालय, अनाथ आश्रमलाई सहयोग गर्ने गरेको आचार्य बताउँछिन्।

उनको लेखकीय जीवनसँग पनि बुलेट बाइकको यात्रा गाँसिएको छ। प्रकाशित पुस्तकहरु लिएर १७ जिल्ला, ४ सय १३ वटा स्कुल तथा क्याम्पसमा अफरोड/अनरोड बाटो हुँदै पुगेर आचार्य बताउँछिन्।

nimb
nimb
Ncell 2
Ncell 2

अबको तयारी के छ त? हाम्रो स्वभाविक प्रश्नमा उनी भन्छिन्, ‘बुलेट यात्रा' नामक पुस्तक प्रकाशित गर्ने योजना छ।'

पुस्तक प्रकाशन गर्नुअघि यसका लागि सामाग्री र कथानक बटुल्न उनी निरन्तर यात्रामा छिन्। पुष्पलता केही दिनअघि मात्रै ३ सय ५० सिसी इन्जिन क्षमताको बुलेट बाइक कुदाएर नेपाल र भारत भ्रमणमा निस्किएकी थिइन्। उनलाई अहिले 'बुलेट लेडी'को रुपमा समेत चिनिन थालिएको छ। उनी भन्छिन् ‘पहिला राइटर थिएँ, अहिले राइडर भएकी छु।’

कसरी सिकिन् बाइक चलाउन?

करिब २२ वर्ष अगाडि २०५४ सालमा पहिलो पटक यामाहा कम्पनीको 'आरएक्स' मोटरसाइकल चलाउने गरेको उनी सम्झन्छिन्। 'उ बेला म ४०/४१ वर्षकी थिएँ। त्यतिबेला आरएक्स मोटरसाइकल चलाउँथे, अहिले ६१ वर्षमा कुदिरहँदा समेत त्यतिबेलाको जोस हराएको छैन।,' जोसिलो मुद्रामै पेश गएकी उनी भन्छिन्, ‘मलाई त्यतिबेला भन्दा अहिले बढी जोस र जाँगर आइरहेको छ।’

उनले बुलेट बाइक किनेको करिब ४ महिना जति भयो। तर, बीचमा लामो समय बाइक नचढेका कारण उनमा अभ्यास कम थियो। यद्दपि चलाउँदै जाँदा यो अवस्थासम्म आइपुगेको उनी बताउँछिन्। 'पहिले त अग्लो सिट भएकाले सकिँदैन कि भन्ने थियो,' आचार्य भन्छिन्, ‘तर सिट डाउन गरेर चढ्न सकें। सिट होचो भएपछि त सहज भइहाल्यो नि।’

उनी बुलेट बाइक चलाउँदाका सुरुवाती दिनका अफ्ठेरो सम्झिँदा अझै गम खान्छिन्। अप्ठेरो टार्न अग्लो हिल जुत्ता पनि खोजिन्। कसैले देख्लान् कि भनेर अँध्यारोमा चलाउन थालिन्। 'सुरुमा त ज्यादै गाह्रो भयो। अलि अग्लो भए सहज हुन्छ कि भनेर हिल भएको जुत्ता थाइल्यान्डदेखि न्युरोडसम्मै खोजें,' बुलेट बाइक चलाउन सिक्दाका कठिन समय सम्झिँदै उनी भन्छिन्, 'अरुले देख्लान् भनेर अँध्यारोमा चलाउन थालें। तर, मोड्न नसकिने। सुरुमा सोझो बाटोमा सजिलो हुन्छ भनेर सिकें।'

किन बुलेट यात्रामा छिन् आचार्य?

उनले आफ्नो जोस र जाँगर बल्ल सुरु भएको बताइन्। आगामी दिनलाई थप उर्जाशील बनाउँदै दबेका र दबाइएका महिलाहरुको मुक्ति र अधिकार रक्षाका लागि लाग्ने अठोट छ उनको। देशमा व्याप्त महिला हिंसा, घरेलु हिंसाका विरुद्ध जनजागरण ल्याउन तथा महिलालाई उर्जाशील बनाउनका लागि आफू ६१ वर्षको उमेरमा पनि बुलेट बाइक चढेर देश–विदेश दौडाहामा निस्किएको उल्लेख गरिन्।

उनी केही दिन अगाडि मात्रै छिमेकी मुलुक भारतका विभिन्न स्थान पुगेर नेपाल फर्किइन्। बुलेट बाइकमा भारत भ्रमण गरेकी उनले भारतमा भारतीयहरुले नेपाल र नेपालीहरु प्रति नम्र व्यवहार प्रस्तुत गर्ने गरेको बताइन्। बुलेट बाइकको पछाडि नेपालको राष्ट्रिय झण्डा बोकेर पुग्ने पुष्पलताले भारतमा नेपालको राष्ट्रियता र स्वाभिमानलाई दर्शाउँदै हिँडेको बताइन्।

राइटरसँगै राइडर बनेकी पुष्पलता भन्छिन्, 'यात्रा जारी छ, यो चलिरहन्छ।' 

 

प्रकाशित मिति: शुक्रबार, जेठ २४, २०७६  ०९:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बूक पाेष्ट सेवामा आएकाे समस्या के हाे?
मैदानबाट भाग्ने वा लुकेर बस्ने समय होइन, एकताबद्ध हुने बेला हो : राजेन्द्र लिङदेन
एनपिएलमा पहिलो विदेशले पाए कप्तानी जनकपुर बोल्ट्सको कप्तानी हरमितले गर्ने
सम्बन्धित सामग्री
बालबालिकालाई मायाले दिइने 'गुलियो' नयाँ जनस्वास्थ्य संकट, के भन्छन् विज्ञ? भर्खरै दुई वर्ष पार गरेका यी बालकको जिब्रोले प्राकृतिक रैथाने खाना भन्दा बढी बजारका प्रशोधित र गुलिया खानेकुराहरु चकलेट, विस्कुट, लल... शुक्रबार, जेठ १५, २०८३
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
ताजा समाचारसबै
बूक पाेष्ट सेवामा आएकाे समस्या के हाे? शनिबार, साउन २३, २०८३
मैदानबाट भाग्ने वा लुकेर बस्ने समय होइन, एकताबद्ध हुने बेला हो : राजेन्द्र लिङदेन शनिबार, साउन २३, २०८३
एनपिएलमा पहिलो विदेशले पाए कप्तानी जनकपुर बोल्ट्सको कप्तानी हरमितले गर्ने शनिबार, साउन २३, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
कालिकोटमा स्वास्थ्यकर्मीमाथि आक्रमण : स्थानीय किन आक्रोशित भए? शनिबार, साउन २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
कर प्रणालीमा व्यापक सुधार गर्दै सरकार शुक्रबार, साउन २२, २०८३
कालिकोटमा स्वास्थ्यकर्मीमाथि आक्रमण : स्थानीय किन आक्रोशित भए? शनिबार, साउन २३, २०८३
मध्यरातमा प्रधानमन्त्रीले किन लेखे–एक्लै लड्नुपर्ने हुन्छ? शनिबार, साउन २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीति: दलगत विभाजनभन्दा माथि उठेर जनमुखी राजनीति कहिले? सुरेश गिरी
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
कश्मीरको कुलगाममा नाम सोधेर हिन्दू पाइएपछि भीडबाट अलग गराएर आतंकवादीद्वारा दुई युवकको हत्या शनिबार, साउन १६, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
नेपाल लाइभको प्रधान सम्पादकमा दाहाल बिहीबार, साउन २१, २०८३
कर प्रणालीमा व्यापक सुधार गर्दै सरकार शुक्रबार, साउन २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्