• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक ६, २०८३ Fri, Oct 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

राइटरबाट राइडर बनेकी ६१ वर्षीया ‘बुलेट लेडी’

64x64
नेपाल लाइभ शुक्रबार, जेठ २४, २०७६  ०९:०३
1140x725

भैरहवा- उमेर ६१ वर्ष, काठमाडौं नयाँ बानेश्वरकी पुष्पलता आचार्यलाई देख्दा उनी बुढ्यौली उमेरमा छिन् भन्ने लाग्दैन। यसमा युवतीहरुलाई नै चुनौती र प्रेरणा दिनेगरी उनले गर्ने हर्कतले बल थप्छ। कारण उनी यो उमेरमा पनि निर्धक्क बुलेट बाइक चलाउँछिन्।

समान्यतया उमेरले ६० कटेकालाई वृद्धको रुपमा लिइन्छ। त्यसमाथि यो उमेरका अधिकांश पुरुष तथा महिलाहरुलाई कडा र भारी काम तथा व्यवहारभन्दा आरामतर्फ रुची रहन्छ। त्यो उनीहरुको शारीरिक अवस्थाको उपज पनि हो। किनकी सो उमेरसम्म हाम्रो शारीरिक अवस्था प्रौढजस्तो बलियो रहँदैन। यी सबै तथ्यलाई भने आचार्यको व्यवहारले चुनौती दिन्छ। त्यसमाथि अन्य महिलाहरुको लागि प्रेरणा पनि।

किनकी आमरुपमा बुलेट बाइक चलाउनु सामान्य मानिँदैन। बढी क्षमताको इन्जिन हुने भएकोले पनि बुलेट बाइक भारी हुन्छ। अखिर यो उमेरमा पनि किन चलाउन मन लाग्यो त आचार्यलाई बुलेट बाइक?

‘यो उमेरमा केही गर्न सकिँदैन भन्ने धेरै महिलाहरुको मनोविज्ञान छ,’ पुष्पलता भन्छिन्, ‘म त ६१ वर्ष पुगें। तर, इच्छा शक्ति, आत्मबल र स्वच्छ मन भएपछि जस्तो सुकै काम पनि गर्न सकिन्छ भन्ने उदाहरण दिनका लागि मैले बुलेट बाइकलाई राजेकी हुँ। यसबाटै महिलाको हकअधिकारका लागि पनि आगाडि बढिरहेको छु।’

उनी महिलाहरुको प्रेरणाका लागि 'बुलेट बाइक राइडर’ बनेको बताउँछिन्। बुलेट बाइकमा चढेर देशका विभिन्न स्थानका महिलाहरुको गलत मनोविज्ञान चिर्दै यस उमेरमा पनि अगाडि बढ्न सक्ने प्रेरणा दिँदै हिँडेकी छिन् उनी। घरको चुलोचौकोमा बस्ने महिलाहरुलाई बाहिर निस्कन आग्रह गर्ने आचा‍र्यको सकारात्मक सोचका साथ काम गरे गन्तव्यमा पुग्न कुनै कठिनाइ नहुने बुझाइ छ।

आचार्य फरक जीवनशैलीबाट यहाँसम्म मोडिएकी हुन्। उनी यसअघि लेखकको रुपमा परिचित थिइन्। उनले विभिन्न विधामा ६३ बढी पुस्तक लेखेकी छन्। कथा, कविता, उपन्यास लेख्नुका साथै संगीत र फिल्म क्षेत्रमा समेत काम गरेको अनुभव छ उनीसँग। पुस्तक लेखनबाट आएको रकमले विभिन्न विद्यालय, अनाथ आश्रमलाई सहयोग गर्ने गरेको आचार्य बताउँछिन्।

उनको लेखकीय जीवनसँग पनि बुलेट बाइकको यात्रा गाँसिएको छ। प्रकाशित पुस्तकहरु लिएर १७ जिल्ला, ४ सय १३ वटा स्कुल तथा क्याम्पसमा अफरोड/अनरोड बाटो हुँदै पुगेर आचार्य बताउँछिन्।

Ncell 2
Ncell 2
nimb
nimb

अबको तयारी के छ त? हाम्रो स्वभाविक प्रश्नमा उनी भन्छिन्, ‘बुलेट यात्रा' नामक पुस्तक प्रकाशित गर्ने योजना छ।'

पुस्तक प्रकाशन गर्नुअघि यसका लागि सामाग्री र कथानक बटुल्न उनी निरन्तर यात्रामा छिन्। पुष्पलता केही दिनअघि मात्रै ३ सय ५० सिसी इन्जिन क्षमताको बुलेट बाइक कुदाएर नेपाल र भारत भ्रमणमा निस्किएकी थिइन्। उनलाई अहिले 'बुलेट लेडी'को रुपमा समेत चिनिन थालिएको छ। उनी भन्छिन् ‘पहिला राइटर थिएँ, अहिले राइडर भएकी छु।’

कसरी सिकिन् बाइक चलाउन?

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

करिब २२ वर्ष अगाडि २०५४ सालमा पहिलो पटक यामाहा कम्पनीको 'आरएक्स' मोटरसाइकल चलाउने गरेको उनी सम्झन्छिन्। 'उ बेला म ४०/४१ वर्षकी थिएँ। त्यतिबेला आरएक्स मोटरसाइकल चलाउँथे, अहिले ६१ वर्षमा कुदिरहँदा समेत त्यतिबेलाको जोस हराएको छैन।,' जोसिलो मुद्रामै पेश गएकी उनी भन्छिन्, ‘मलाई त्यतिबेला भन्दा अहिले बढी जोस र जाँगर आइरहेको छ।’

उनले बुलेट बाइक किनेको करिब ४ महिना जति भयो। तर, बीचमा लामो समय बाइक नचढेका कारण उनमा अभ्यास कम थियो। यद्दपि चलाउँदै जाँदा यो अवस्थासम्म आइपुगेको उनी बताउँछिन्। 'पहिले त अग्लो सिट भएकाले सकिँदैन कि भन्ने थियो,' आचार्य भन्छिन्, ‘तर सिट डाउन गरेर चढ्न सकें। सिट होचो भएपछि त सहज भइहाल्यो नि।’

उनी बुलेट बाइक चलाउँदाका सुरुवाती दिनका अफ्ठेरो सम्झिँदा अझै गम खान्छिन्। अप्ठेरो टार्न अग्लो हिल जुत्ता पनि खोजिन्। कसैले देख्लान् कि भनेर अँध्यारोमा चलाउन थालिन्। 'सुरुमा त ज्यादै गाह्रो भयो। अलि अग्लो भए सहज हुन्छ कि भनेर हिल भएको जुत्ता थाइल्यान्डदेखि न्युरोडसम्मै खोजें,' बुलेट बाइक चलाउन सिक्दाका कठिन समय सम्झिँदै उनी भन्छिन्, 'अरुले देख्लान् भनेर अँध्यारोमा चलाउन थालें। तर, मोड्न नसकिने। सुरुमा सोझो बाटोमा सजिलो हुन्छ भनेर सिकें।'

किन बुलेट यात्रामा छिन् आचार्य?

उनले आफ्नो जोस र जाँगर बल्ल सुरु भएको बताइन्। आगामी दिनलाई थप उर्जाशील बनाउँदै दबेका र दबाइएका महिलाहरुको मुक्ति र अधिकार रक्षाका लागि लाग्ने अठोट छ उनको। देशमा व्याप्त महिला हिंसा, घरेलु हिंसाका विरुद्ध जनजागरण ल्याउन तथा महिलालाई उर्जाशील बनाउनका लागि आफू ६१ वर्षको उमेरमा पनि बुलेट बाइक चढेर देश–विदेश दौडाहामा निस्किएको उल्लेख गरिन्।

उनी केही दिन अगाडि मात्रै छिमेकी मुलुक भारतका विभिन्न स्थान पुगेर नेपाल फर्किइन्। बुलेट बाइकमा भारत भ्रमण गरेकी उनले भारतमा भारतीयहरुले नेपाल र नेपालीहरु प्रति नम्र व्यवहार प्रस्तुत गर्ने गरेको बताइन्। बुलेट बाइकको पछाडि नेपालको राष्ट्रिय झण्डा बोकेर पुग्ने पुष्पलताले भारतमा नेपालको राष्ट्रियता र स्वाभिमानलाई दर्शाउँदै हिँडेको बताइन्।

राइटरसँगै राइडर बनेकी पुष्पलता भन्छिन्, 'यात्रा जारी छ, यो चलिरहन्छ।' 

 

प्रकाशित मिति: शुक्रबार, जेठ २४, २०७६  ०९:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी
दिल्लीमा भारतका प्रधानमन्त्री मोदीसँग अर्थमन्त्री वाग्लेको भेट
तिब्बतमा शक्तिशाली भूकम्पमा परि १६ जनाको मृत्यु , ६५ घाइते
सम्बन्धित सामग्री
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ किराँत समुदायले दशैंको टीका बहिष्कार गर्ने अभियान चलाए पनि पूर्व सभामुख तथा नेकपा एमालेका नेता सुवास नेम्वाङले दशैंमा टीका लगाउन कहि... बिहीबार, कात्तिक ५, २०८३
वर्षमा एक दिन खुल्ने तलेजु मन्दिरको रोचक तथ्य मन्दिरको भव्यताले एकछिन रोकिएर हेर्न बाध्य बनाउँथ्यो । तर हाम्रो ध्यान मन्दिरको बनावटमा मात्र अडिएन । मन्दिरको ढोका बन्द थियो, बन्द... मंगलबार, कात्तिक ३, २०८३
प्राकृतिक नाकाबन्दीमा परेको सिमकोट–हिल्सा सडक दुई दिनभित्र खुल्ने लगातारको हिमपातले अवरुद्ध बनेको कर्णाली करिडोरअन्तर्गत हुम्लाको सिमकोट–हिल्सा सडक दुई दिनभित्र खुलाउन काम जारी राखिएको छ । नाम्खा गा... सोमबार, कात्तिक २, २०८३
ताजा समाचारसबै
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी शुक्रबार, कात्तिक ६, २०८३
दिल्लीमा भारतका प्रधानमन्त्री मोदीसँग अर्थमन्त्री वाग्लेको भेट शुक्रबार, कात्तिक ६, २०८३
तिब्बतमा शक्तिशाली भूकम्पमा परि १६ जनाको मृत्यु , ६५ घाइते शुक्रबार, कात्तिक ६, २०८३
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
एकाएक किन खुल्न छाेडे राष्ट्रपति देखि प्रधानमन्त्री कार्यालयसम्मकाे वेबसाईट, यस्ताे छ अन्तर्रास्ट्रिय असर बिहीबार, कात्तिक ५, २०८३
नेपाली मूलका व्यक्तिलाई पिएनओ परिचयपत्र दिन माग बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्