काठमाडौं– यातायात व्यवस्था कार्यालय एकान्तकुनाका कर्मचारी ५० हजार घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नासु ईश्वरबन्धु अर्याललाई शुक्रबार दिउँसो पक्राउ गरेको हो ।
अर्यालले ट्याक्सी दर्ताका लागि ५० हजार घुस मागेका थिए । घुस लिएलगत्तै उनलाई आयोगको टोलीले पक्राउ गरेको छ । कार्यकक्षबाटै उनी पक्राउ परेको आयोगले जनाएको छ । भूकम्पपीडितको ट्याक्सी दर्ताका लागि उनले घुस लिएका हुन् । भूकम्पपीडितको ट्याक्सी दर्ताका लागि व्यापक पैसा उठाएको उजुरीका आधारमा आयोगले शुक्रबार अप्रेसन गरेको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।