सिन्धुपाल्चोक– जंगलमा शिकार खेल्न गएका युवकको साथीले हानेको गोली लागेर मृत्यु भएको छ । हेलम्बु गाउँपालिका–५ बोल्दे बस्ने १५ बर्षीय दिनेश तामाङको बिहिबार मृत्यु भएको हो ।
दिनेश सहित बोल्देका २५ बर्षीय पासाङ तामाङ र १८ बर्षीय सुनिल तामाङ चौरीखोर सामुदायीक बनमा शिकार खेल्न जाने क्रममा किल्मो खोला भन्ने स्थानमा पासाङ तामाङले भरुवा बन्दुक पड्कउदा दिनेशको पेटमा लागेको थियो । जनावरलाई ताकेर हान्दा गोली दिनेशलाई लागेको हो ।
घाइते दिनेशको उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएका हो । प्रहरीले सुनिललाई पक्राउ गरेको छ भने फरार रहेका पासाङको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।