काठमाडौँ- प्राइम कर्मर्सियल बैंक र कन्काई विकास बैंकबीच एक्वीजिसन (प्राप्ती) सम्बन्धी सम्झौता भएको छ। प्राइम बैंकको मुख्यालय कमलपोखरीमा बुधबार एक्विजिसन सम्बन्धी सैद्दान्तिक सहमतिपत्रमा हस्ताक्षर भएको हो।
राष्ट्र बैंकको नीति अनुसार ग्रामीण क्षेत्रमा वित्तीय पहुँच वृद्धि, रोजगारी सिर्जना गरी मुलुकको समग्र आर्थिक विकासमा सहभागिता बढाउने उदेश्यले कन्काई विकास बैंक मर्ज गर्न लागिएको बैंकले जानकारी दिएको छ।
सम्झौतापत्रमा प्राइमका तर्फबाट संचालक समितिका अध्यक्ष उदयमोहन श्रेष्ठ र कन्काईका तर्फबाट संचालक समितिका अध्यक्ष सेवक दहालले हस्ताक्षर गरेका छन्।
कन्काई विकास बैंकको प्राप्ति पश्चात प्राइम बैंकको शाखा संजाल ८९ पुग्नेछ।
स्वाप रेसियो भने ७० प्रतिशत कायम हुने बताइएको छ।
हाल प्राइम बैंकको चुक्ता पूँजी ८ अर्ब ३ करोड रुपैयाँ छ भने कन्काई विकास बैंकको ५१ करोड ५० लाख रुपैयाँ छ। प्राप्तीपछि बैंकको चुक्ता पूँजी ८ अर्ब ५४ करोड रुपैयाँ पुग्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।