काठमाडौं–प्रतिनिधिसभाको समानुपातिकतर्फको मतगणना अन्तिमतर्फ पुगेको छ । एक करोड ५ लाख ८७ हजार ५ सय २१ मध्ये करिब ९० प्रतिशत मतगणना भइसकेको छ । गणना भएकोमध्ये ८५ लाख हजार ६४ सय ४ सय ७६ मत सदर भइसकेको छ ।
जसमा एमाले २९ लाखको नजिक पुगेको छ । एमलोको २८ लाख ९९ हजार ३ सय ३३ मत पुगेको छ । त्यस्तै नेपाली कांग्रेसले २८ लाख १७ हजार ९ सय ३० तथा माओवादी केन्द्रले ११ लाख ६६ हजार ३ सय ९५ मत ल्याएको छ ।
कसको कति मत ?
एमाले– २८ लाख ९९ हजार ३ सय ३३
कांग्रेस– २८ लाख १७ हजार ९ सय ३०
माओवादी केन्द्र–११ लाख ६६ हजार ३ सय ९५
संघीय फोरम– ४ लाख १३ हजार ८ सय ७०
राजपा– ३ लाख ७१ हजार १३
राप्रपा– १ लाख ८६ हजार ९ सय ५५
विवेकसील– १ लाख ९४ हजार ७ सय ५४
नयाँ शक्ति– ७४ हजार ७ सय ३७
राप्रपा(प्रजातान्त्रिक)– ७२ हजार ८ सय ९४
राष्ट्रिय जनमोर्चा– ५२ हजार २ सय १५
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।