नवलपरासी- सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले मुलुक यतिबेला निर्वाचनमय भएको बताएका छन्।
नवलपरासीको बर्दघाटमा शनिबार साँझ पत्रकारसँग कुरा गर्दै मन्त्री बस्नेतले प्रदेश नम्बर २ को निर्वाचनलगत्तै प्रदेशसभा र प्रतिनिधि सभाका लागि कार्यतालिका अनुसार निर्वाचन हुने बताए।
सरकारका प्रवक्तासमेत रहेका मन्त्री बस्नेतले स्थानीय तहको निर्वाचनपछि देश संघीयतामा गइसकेको बताए।
तराईका जिल्लामा आएको बाढी-पहिरोको विषयमा मन्त्री बस्नेतले प्राकृतिक प्रकोपलाई व्यवस्थापन गर्ने विपत् व्यवस्थापन ऐन छिटै संसदमा प्रवेश गराउने बताउनुभयो । रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।