• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

वृद्धभत्ताबारे बोल्ने हिम्मत मसँग छ

64x64
नेपाल लाइभ मंगलबार, जेठ २१, २०७६  १७:१०
1140x725

२०७५ साल जेठ ३ गते नेपाल कम्युनिष्ट पार्टी एमाले र माओवादीले आफ्नो मृत्युको घोषणा गर्दै नेपाल कम्युनिष्ट पार्टीको जन्म भएको घोषणा गर्यो। एकीकृत पार्टीको इतिहास जम्मा ३८३ दिनको मात्रै छ। यति छोटो इतिहासको आधारमा नेकपा के हो भनेर यसलाई चिन्न सकिन्न।

दस्तावेज पढेर चिनौँ दस्तावेज छैन। इच्छापत्र जस्तो घोषणापत्र पढेर वा बिग्रेको निबन्ध जस्तो नीति तथा कार्यक्रम पढेर चिन्ने कुरै भएन। नेकपा के हो भनेर चिन्दा यसको सरकारले बनाएको बजेट नै उपयुक्त आधार हो।

हुन पनि बजेट भनेको कुनैपनि अंकशास्त्र मात्र होइन। न त आम्दानी र खर्चको योजनाको टिपोट मात्रै हो। यो अर्थ राजनीतिक दस्तावेज हो। यो पढेर सरकार चलाउने पार्टीको विकासको दर्शन बुझ्न पाइन्छ।

नेकपाको नारा छ, संमृद्ध नेपाल सुखी नेपाली। संमृद्धिको परिभाषा के हो? के भयो भने नेपाली सुखी हुन्छ? यो बजेट पढेर बुझ्न सकिएन। विश्व राजनीतिमा उग्रराष्ट्रवादले ल्याएको नयाँ उथलपुथलसँगै अर्थ राजनीतिक चिन्तनमा समेत नयाँ धारहरु देखिएका छन्।

संयुक्त राज्य अमेरिका जस्तो देशमा प्रगतिशील पूँजीवाददेखि ग्रीन न्यू डिलसम्म र अन्य देशहरुमा आर्थिक बृद्धि कि समावेशी संमृद्धि, राज्य र बजारको सनातन भूमिका हो कि नयाँ सन्तुलन, तीव्र वृद्धि कि दिगो विकास, उद्यमशील पूँजीवाद कि बजार समाजवाद, कृषि उद्योग र सेवाको चरणबद्ध विकास कि विकासको अपेक्षाकै क्रम भंगताको प्रयत्न यत्रो बहस हुँदै गर्दा नेकपा कहाँनेर उभिन्छ बजेट पढेर थाहा पाउन सकिन्न।

देशैभित्र पनि आर्थिक सम्प्रभुता कायम राखेर पनि वैदेशिक सहायता र स्रोत परिचालन गर्न सकिन्छ वा भिखारीसँग छनौटको सुविधा हुँदैन, जे दिन्छ वा जे आउँछ मज्जाले पचाँउछ भनेर जाने हो? विकासको स्थान गाउँ हो कि शहर हो? विद्युत उत्पादन अनि वितरण हो कि आर्थिक वृद्धि र सामाजिक न्यायलाई सँगसँगै लिएर जाने हो? यत्रो बहस हुँदै गर्दा नेकपा कहाँ उभिन्छ बजेट पढेर थाहा लाग्दैन।

हाम्रो अर्थ राजनीतिको मूल चरित्र कसैले विकृत पूँजीवाद हो भनेर भने, कसैले दलाल पूँजीवाद हो भनेर भने। म यसलाई यार पूँजीवाद हो भनेर भन्छु। नाम जे भएपनि सार एउटै हो। नेकपा यसलाई बदल्न चाहन्छ कि कसेर अँगालो मार्न चाहन्छ? बजेट पढेर थाहा पाइएन, यो बजेटमा नेकपाको विकास दर्शन भेटिँदैन। तर, यसो भनेर म अर्थमन्त्रीजीलाई घोचपेच गर्न चाहन्न। नेकपाको सिद्धान्त के हो भन्ने थाहा भएको भए, सायद उहाँले विकासको दर्शनको संकेत गर्न सक्नु हुन्थ्यो।

नेकपासँग आज संख्या छ, सिद्धान्त छैन। यो मैले भनेको होइन, लाज मानीमानी नेकपाका नेताहरु सार्वजनिक मञ्चमा सिद्धान्त खोजिराख्नु भएको छ। संसदमा उभिएर त्यही भन्दै हुनुहुन्छ। बरु हामीलाई पो सोध्नुहुन्छ, बजेटमा राख्नु पर्ने के थियो? भनेर अहिले आएर सोध्नुहुन्छ।

nimb
nimb
Ncell 2
Ncell 2

बजेटको आकार, आर्थिक बृद्धिको लक्ष्य, राजस्वको लक्ष्य यो केही भेट्न सकिन्न। वैदेशिक ऋण उठाउन सक्दैन, उठाएपनि परिचालन गर्न सक्दैन, नयाँ रोजगारी श्रृजना गर्न सक्दैन, पर्यटक आएपनि आम्दानी बढ्दैन। मेरो यस्तो अनुमानहरु पुष्टि गर्न कुनै तथ्य र तथ्यांक म प्रस्तुत गर्न चाहन्नँ।

सभामुख महोदय!

किन कि यसको अर्थ छैन। स्वेत पत्रमार्फत अर्थमन्त्रीजीले ढाँट्नु भयो। प्रधानमन्त्रीले त्यसमा टेकेर ढाँट्नु भयो। तथ्य र तथ्यांकमा टेकेर प्रश्न गर्दै गर्दा उत्तर आयोः हल्ला गर्छस्? बहुमत छ।

गएको वर्ष आर्थिक बृद्धि, राजस्व परिचालन, पूँजीगत खर्च, रोजगारी श्रृजना सबैका तथ्यांकहरु प्रस्तुत भयो। यी सबैमा सरकार चुक्यो। तरपनि बजेटमा सानका साथ लेखेको छ, यो वर्ष गज्जब भयो। हामी भन्छौँः प्रमाण दिनुहोस्। सरकार भन्छः बहुमत देखेको छैनस्। त्यसैले म यसका बारेमा धेरै सोध्न चाहन्न।

म केबल मेरो नैराश्यता व्यक्त गर्न मात्र चाहन्छु। म सांसद भन्दा पहिला नागरिक हुँ। नागरिकको रुपमा मेरो पनि अपेक्षाहरु थियो, यत्रो उथलपुथल र संक्रमणपश्चात स्थिर सरकारले धेरै कुराहरु नगरेतापति रुपान्तरणको बीउ रोप्छ भनेर मेरो अपेक्षा थियो।

संविधानको सार्थक कार्यान्वयन गर्छ, सांघीयतालाई सहि अर्थमा कार्यमूलक बनाउँछ। सुशासन र प्रभावकारी शासनको क्षमतामा विकास गरेर प्रशासकीय क्षमता बढाउँछ। वित्तिय क्षेत्रमा साहासीक सुधार गर्छ। छिमेकमा उदाउँदै गरेको अर्थतन्त्रलाई हाम्रो युवा जनशक्तिसँग जोड्छ र नेपाललाई मान्छे बेच्ने होइन, सामान बेच्ने देशका रुपमा यसको यात्रा अगाडि बढाउँछ।

शिक्षा र स्वास्थ्यको क्षेत्रमा आमूल परिवर्तन गरेर सबैका लागि बराबरको स्थिति निर्माण गर्ला भन्ने मेरो पनि अपेक्षा थियो।
मन्त्रालयगत प्राथमिकता हेर्यो भने, झन निराश बनाउने कुरा छ। शिक्षामा परिवर्तन गर्नका निम्ति भनेर यो सरकारले शिक्षामन्त्रीको संयोजकत्वमा एउटा आयोग बनायो। आयोगको प्रतिवेदन बजेट लेख्दै गर्दा आउँदैन।

मेरै पालामा सात वर्षभित्रमा स्वास्थ्यको प्रत्येक तहमा संरचना निर्माण गर्ने भनेर एउटा ठूलो अध्ययन भएको छ। त्यो अध्ययन स्वास्थ्य मन्त्रालयले चिन्दैन। कृषिको २० वर्षे रणनीतिगत चरणमा हामी छौँ। कृषि मन्त्रालय त्यसलाई चिन्दैन। सार्वजनिक खर्च पुनरावलोकन गर्नका निम्ति त्यत्रो समिति बन्यो, अर्थमन्त्रालयले त्यसलाई चिन्दैन।

यस्तो बेलामा यत्रो अनुसन्धान भएको कुरा यत्रो कार्यक्रम बनाउँदै गर्दा अर्थमन्त्रीलाई अत्तोपत्तो छैन।

सरकार त सँधै थियो। 

सम्माननीय सभामुख महोदय!

 सरकार सँधै रहन्छ। यो स्थिर सरकार बनेको छ। संक्रमण पछाडिको यत्रो अवसर प्राप्त भएको छ। यसको लाभ हामीले के पाउने हो?

यो सरकार स्थिर सरकार नबनेर कुनै बदलिइराख्ने सरकार भएको भए के हुदैनथ्यो जो यो सरकार भएर आएको छ? नेपालमा पहिलो पटक कम्युनिष्टको पूर्ण बहुमतको सरकार छ।

नेपालमा गैर कम्युनिष्टको सरकार बनेको भए आज कम्युनिष्टको सरकार बन्दै गर्दा के कुरा अतिरिक्त यसले गर्दैछ? जसको सरकार नबनेको भए हुँदैनथ्यो?

प्रश्न सरकारमा मात्र होइन। यस्तो बलियो सरकारले नेपालको कम्युनिष्टहरुसँग भएकोमध्ये सबैभन्दा विद्धान व्यक्तिलाई अर्थमन्त्रीको रुपमा पाउनु भएको छ। यत्रो विद्धान अर्थमन्त्री पाउँदै गर्दा देशले के पाउने भयो त सम्माननीय सभामुख महोदय?

बा, आमाले हजार रुपैयाँ, निर्वाचन क्षेत्रको कार्यक्रममा थप दुई करोड। फागुनमा विदा हुँदै गर्दा तपाइको लागि तपाइको नाम यिनै दुई कामले राख्नेमा सन्तोष मान्न खोज्नु भएको हो भने मेरो भन्नु केही पनि छैन।

हुनतः एकजना बलबान सांसद, जसले बालुवाटारको जगै हल्लाइदिने हिम्मत राख्न सक्नुहुन्छ, यहाँ उभिएर हिँजो चुनौति दिनु भयो। बृद्धभत्ताका बारेमा बोल्ने हिम्मत छ? मेरो हिम्मत छ।

सम्माननीय पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले विदा लिँदै गर्दा ६५ वर्षको उमेरमा पाँच हजार बृद्धभत्ता पुर्याउँछु भन्दै गर्दा हचुवाको भरमा बृद्धभत्ता बढाउँन पाइँदैन भनेर विरोध गरेको मात्र होइन, कानून बनाउँदै गर्दा ७० वर्षलाई आधार बर्ष बनाउँनु पर्छ, उमेर झार्न पाइन्न भनेर कानून संशोधन गर्न लगाउने सांसद हुँ म।

सामाजिक सुरक्षाका यतिधेरै कार्यक्रमहरु छन्। यसलाई एकीकरण गर्ने, र्यास्नलाइज् गर्ने, कसलाई युनिभर्सल गराउने, कसलाई टार्गेटेड बनाउने भनेर छुट्याउने, उत्पादनसँग जोड्ने सबैभन्दा ठूलो कुरा भनेको सामाजिक सुरक्षा भनेको नगद हस्तान्तरण मात्र होइन। गैर नगदको प्रबन्धबाट तीन हजारमात्र होइन, तीस हजारको सुविधा प्राप्त गर्ने अवस्था कसरी बनाउने? के यसका बारेमा छलफल गर्ने कुरा बान्छनिय छैन?

प्रत्यक्ष निर्वाचित सांसद हुँ म। विकासको माग मलाई पनि थाहा छ। मेरो निर्वाचन क्षेत्रसँग जोडिनु पर्छ भन्ने कुरा मलाई पनि थाहा छ। म पनि जोडिन चाहन्छु। यो बजेटले मेलाम्चीको कुरा गर्छ। यो बजेटले काठमाडौंमा बाहिरी चक्रपथको कुरा गर्छ। सुरुङमार्गमार्फत काठमाडौंलाई बाहिरसँग जोड्ने कुरा गर्छ। सार्वजनिक यातायातको कुरा गर्छ। साइकल सिटीको कुरा गर्छ। अतिक्रमित जमिनलाई फर्काउने कुरा गर्छ। कमसल पूर्वाधारलाई बलियो बनाउने कुरा गर्छ।

अव्यवस्थित शहरीकरणलाई बदलेर हरित शहरीकरणको कुरा गर्छ। यो मेरो निर्वाचन क्षेत्रसँग जोडिएको विषय हो। म योसँग जोडिन चाहन्छु। म कसरी जोडिन पाउँने? प्रश्न सोध्छु, उत्तर आउँदैन। संसदमा प्रस्ताव राख्छु, छलफल हुँदैन। यी सबैसँग मलाई अलग्गै राख्छ र भन्छः माननीय ज्यू, तपाइले ६ करोड रुपैयाँ प्राप्त गर्नु भएको छ। जानुहोस् निर्वाचन क्षेत्रमा। मन्दिरको पर्खाल बनाउनुहोस्। सामुदायिक भवन बनाउनुहोस्। क्रियापुत्रीको भवन निर्माण गर्नुहोस्, आफ्नो क्षेत्रका जनतासँग जोडिनुहोस्।

सम्माननीय सभामुख महोदय!

हामी हाम्रो निर्वाचन क्षेत्रको जनतासँग जोडिनका निम्ति यस्तो ६ करोडको कार्यक्रम होइन, हामी ६ अर्बको, हामी खर्बको, हाम्रो ठाउँसँग जोडिएको नीतिसँग जोडिन चाहन्छौँ। कार्यक्रमसँग जोडिन चाहन्छौँ। योजनासँग जोडिन चाहन्छौँ।

मेरो जस्तै, कर्णालीबाट आउनु भएको माननीयहरुको आफ्नो कथा छ, मेरो जस्तै मधेसबाट आउनु भएका माननीयजीहरुको आफ्नै कथा छ। त्यहाँभित्रका कुराहरुसँग हामी जोडिन चाहन्छौँ। हामीलाई जोडिने त्यी बाटाहरु नखोल्ने? त्यी बाटाहरु सबै बन्द गर्ने? प्रधानमन्त्री समेतले पनि आफ्नो निर्वाचन क्षेत्रको योजना छानेर दुःखका साथ भन्नु पर्छ, सम्माननीय सभामुख समेतले पनि योजना छानेर, मागेर सरकारसँग योजना लिने, अनि हामीलाई मन्दिरको पर्खाल बनाउनलाई ६ करोड रुपैयाँ दिएर संसदलाई बद्नाम गर्ने कामलाई बन्द गरिनु पर्छ।

सम्माननीय सभामुख महोदय!

अन्त्यमा नेपाल कम्युनिष्ट पार्टीले लिएर आएको यो सरकारले ल्याएको यो लोकप्रिय बजेटको समर्थन गर्न माननीयजीहरुकोबीचमा तछाडमछाड देखिएको छ। यस्तो अद्भूत बजेट, यस्तो लोक कल्याणकारी बजेट, यस्तो लोकप्रिय बजेट, लोकहित गर्ने बजेट, सरकारी पक्षको सोच र क्षमता देखेर सकिए साथीहरु भनेर प्रतिपक्षको सांसद भएर खुशी लागेको छ। तर, नागरिक भएर सोच्छु फेरि, अझै तीन वर्ष यो सरकारले बजेट बनाउँछ। मेरो नागरिकको रुपमा अर्को तीन वर्ष खेर जाने भयो। यत्रो अनुकूलको अवसर खेर जाने भयो। नागरिक भएर दुःख लागेको छ।

सम्माननीय सभामुख महोदय, म माननीय अर्थमन्त्रीलाई सोध्न चाहन्छु, म जस्तो एउटा व्यक्ति सांसद भएर खुशी हौँ वा नागरिक भएर दुःखी हौँ म अलमलमा परेको छु। धन्यवाद।

(बजेटमाथि सदनमा भएको छलफलमा थापाले व्यक्त गरेको विचारको सम्पादित अंश)

प्रकाशित मिति: मंगलबार, जेठ २१, २०७६  १७:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने
डीडीसीको बक्यौता भदौ मसान्तसम्म २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी
कप्तानगन्ज घटना: बाहिरी हतियार प्रयोग नभएको छानबिन समितिको निष्कर्ष
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने मंगलबार, भदौ २, २०८३
डीडीसीको बक्यौता भदौ मसान्तसम्म २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी मंगलबार, भदौ २, २०८३
कप्तानगन्ज घटना: बाहिरी हतियार प्रयोग नभएको छानबिन समितिको निष्कर्ष मंगलबार, भदौ २, २०८३
झिनो लक्ष्य प्रस्तुत गरेको नेपाली टोली कर्नाटकविरुद्ध ११६ रनले विजयी मंगलबार, भदौ २, २०८३
सरकार र दुर्गा प्रसाईँको महाअभियानबीच औपचारिक वार्ता सुरु मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्