काठमाडौं– प्रहरीले एक लाख रुपैयाँ घुससहित भक्तपुर मालपोत कार्यालयका कर्मचारीलाई रंगेहात पक्राउ गरेको छ। नायब सुब्बा देवराज काफ्लेलाई अख्तियारको टोलीले बिहिबार दिउसो कार्यालय भवनबाटै पक्राउ गरेको हो।
उनले सूर्यबिनायक– ९ नंखेलको जग्गा डोरपासका लागि पैसा मागेका थिए । कार्यालयको अन्डरग्राण्डमा सेवाग्राहीसँग घुस लिएलगत्तै उनी पक्राउ परेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।