• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक ६, २०८३ Fri, Oct 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

सुनकोट गाउँमा पानीको हाहाकार : सरकार फेरियो समस्या फेरिएन

पानीका लागि जातीय विभेददेखि हत्यासम्म
64x64
नेपाल लाइभ बुधबार, जेठ २२, २०७६  ०६:०५
1140x725

डडेलधुरा- डडेलधुरा जिल्ला सदमुकामबाट उत्तरतर्फ १५ किलोमिटरको दूरीमा रहेको गाउँ हो सुनकोट। गाउँमा घरहरु व्यवस्थित छन् र स्थानीयहरु पनि उही तवरबाट दैनिकी गुजारा चलाइरहेका छन्। यही दैनिकीमा व्यवस्थित बन्न नसकेको विषय हो पिउने पानी।

सुनकोट गाँउ दलित समुदायको बाहुल्य रहेको क्षेत्र हो। यहाँ एउटा यस्तो दृश्य देखिन्छ कि यहाँका हरेक घरमा निलो रंगका ‘जर्किन’ छन्। नवदुर्गा गाँउपालिका-१, कोटेलीस्थित सुनकोट गाँउवासी हरेकले आफ्नो घरमा कम्तिमा एउटा ५० लिटरको जर्किन राख्नु यहाँको संस्कृति जस्तै लाग्छ। अझै चाखलाग्दो कुरा त के छ भने यी सबै जर्किनहरु उनीहरुले भारतबाट खरिद गरेर ल्याएको बताए।

आइतबार दिउँसो ३ बजे, गाँउमाथिको डाडाँमा रहेको खानेपानी ट्यांकीमा भेटिएकी ५० वर्षीय हरुदेवी भुलले २ सय दलित परिवार रहेको सुनकोटका हरेक घरमा निलो जर्किन रहेको बताइन्। ‘पानीका दुःखले यो भारतबाट किनेर ल्याया हौं,’ उनले जर्किनबारे थप खुलाइन्, ‘सबैका घरका मान्छे कोही न कोही भारतमा छन्, सबैले घर आँउदा ल्याएर आउँछन्, कसै–कसैको घरमा त ५/६ वटासम्म जर्किन छन्।’

गाँउभन्दा धैरै टाढा असुर्पाबाट यस खानेपानी ट्यांकीमा पानी आउँछ। बिहानैदेखि दिउँसोसम्म ट्यांकीमा पानी भरिन्छ। अपरान्हतिर बल्ल सामूहिक धारामा पानी खोलिन्छ। भुल भन्छिन्, 'हामी सबैलाई दिनको ५० लिटर अट्ने १ जर्किन पानी भर्न दिइन्छ।’

दिनको ५० लिटर पानी उनीहरुका लागि पर्याप्त छैन। गाँउभन्दा करिब आधा किलोमिटर हिँडेर पल्लो गाँउमा पानी लिन जानु उनीहरुको दैनिकी नै बनेको छ। अधिकांश मजदूरी गरेर गुजारा गर्ने गाउँलेहरु बिहानै ४ बजे जर्किन बोकेर पल्लो गाउँमा पानी भर्न जान्छन्। ‘बिहानै उठेर पानी भर्न जानुपर्छ, आउन-जान २ घण्टा भन्दा बढी समय लाग्ने हुँदा काममा सधैं ढिला हुन्छ।,’ आफूसँगै धारामा आएका बालबच्चालाई देखाउँदै इन्दिरादेवी भुल भन्छिन्, ‘यीनी सबै जान्छन् पानी लिन र त्यति परबाट बोकेर ल्याँउछन्।’

स्थीनीय सरकार बनेको २ वर्ष हुँदासमेत सुनकोटवासीको खानेपानीको समस्या सुल्झिएको छैन। ‘पहिलेको भन्दा त केही सहज भएको छ, पहिले अझै टाढाबाट पानी ल्याउनु पर्थ्यो,’ हरुदेवी सम्झिन्छिन्, ‘म बिहे गरेर आउन बेलामा पनि यहाँ यस्तै समस्या थियो, आधा उमेर गइसक्यो, अझै पनि अवस्था उस्तै छ। गाँउमै खानेपानीको ट्याकी त बनेको छ, तर यो पानी प्रयाप्त छैन। परिवर्तन त भएको छ, तर आवश्क मात्रामा भएको छैन अर्थात् सरकार त फेरियो तर समस्या फेरिएन।’

पानीमा जातीय विभेद

Ncell 2
Ncell 2
nimb
nimb

२ सय घरधुरीका रहेको दलीत गाँउमा पानीको मुहान समेत सुकेका छन्। पशुचौपायालाई पानी खुवाउनदेखि लत्ताकपडा धुन र नुहाउनका लागि ३/४ घण्टा पैदल हिँड्नुपर्ने अवस्था रहेको सोही वडाकी चन्नरीदेवी भुल बताउँछिन्।

गाँउपालिकाले नै निर्माण गरेको खानेपानी योजनामा जातीय विभेद पनि हुने गरेको उनको गुनासो छ। यसैकारण दलित टोलमा पानीसमेत कम छोड्ने गरेको उनी आरोप लगाउँछिन्। ‘दिनको १ जर्किन मात्र हामीले पानी पाउँछौं। त्यो पनि पानी आएको दिन मात्र। नत्र हामीले दिन कटाएरै अरु गाउँबाट पानी ल्याएर खानुपर्छ,' चन्नरीदेवी थप्छिन्, ‘हामीलाई भन्दा त गैरदलित बस्तीलाई पानी पुगेको छ। पानीको लागि धेरै करायौं, फेरि पनि कराउँदैछौं।’

गैर दलितभन्दा दलित बस्तीमा पानी कम आउने भएकाले सुनकोटमा पानी नपुग्ने गरेको ट्यांकीको पानी खोल्ने चौकीदार पौवा भुल बताउँछन्। ‘अ‍ैरोडामा रहेको रिजर्भ्वायर ट्यांकीबाट पानी वितरणमा तलमाथि हुन्छ,’ उनले भने, ‘यता पाइपभरी पानी नै खोलिदैन, अ‍ैरोडामा भने बढी खोलिन्छ।’

पानीको लागि कुटाकुट, एक जनाको हत्या

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सुनकोटमा सधैं सहजरुपमा पानी भर्न पाइँदैन। कतिपय अवस्थामा त विवाद हात हालहालसम्म पुग्छ। विवादले उग्र रुप लिँदा ज्यान जाने सम्मको घटना पनि घटेको छ यहाँ। २०७३ को फागुन १ गते आइतबार, खानेपानीकै विषयमा सुनकोटमा विवाद भयो। विवादका बीच खुकुरी प्रहार हुँदा नवदुर्गा गाँउपालिकाको कोटेलीका शेरबहादुर साउदको मृत्यु हुन पुग्यो। स्थानीय भीमबहादुर भूलले खुकुरी प्रहार गर्दा उनको मृत्यु भएको थियो।

जिल्ला प्रहरी कार्यालय डडेलधुराका अनुसार स्थानीय भूल र मृतक साउदको खानेपानीको विषयमा बिहानको समयमा विवाद भएपछि दुवै जना कुटाकुटमा उत्रिएका थिए। छिमेकी रहेका भुल र साउदका परिवारले एकै पाइपको पानी प्रयोग गर्थे। तर, तल बस्नेले धारो खिलिदिँदा माथि बस्नेकोमा पानी चढ्दैनथ्यो। यसै विषयमा विवाद हुँदा भुलले साउदको खुकुरी प्रहार गरी हत्या गरेका हुन्।

घटना भएको ३ वर्ष पुग्दासमेत यहाँको खानेपानीको समस्या ज्यूँ का त्यूँ छ।

विगतको भन्दा धेरै समस्या सुल्झिए- गाउँपालिका

गाउँपालिकाले नवदुर्गाको कोटेलीमा रहेको खानेपानी समस्या सुल्झाउने प्रयास भइरहेको बताएको छ।

विगतको भन्दा धेरै समस्या सुल्झिसकेको गाँउपालिकाको वडा नम्बर १ कोटेलीका वडाध्यक्ष भिम बोहराले दाबी गरे। ‘खानेपानीको समस्या विगतबाटै रहिआएको थियो, 'उनले भने, 'हामीले २० लाख छुट्याएर कोटेली वृहत खानेपानी आयोजना सम्पन्न गर्दैछौँ। जसको ८० प्रतिशत काम सम्पन्न भइसकेको छ। हामी यहीं नजिकै डिप बोरिङको पनि सुरुवात गर्ने योजनामा छौ।’

डिप बोरिङका लागि प्रदेश सरकाबाट बजेट विनियोजन भएको र गाँउपालिकाले त्यसका लागि १६ लाख रुपैयाँ छुट्याएको उनले बताए। ‘कोटेलीका २/३ वटा बस्तीका लागि खानेपानीका योजना सम्पन्न हुने अवस्थामा छन्,’ बोहरा भन्छन्, ‘आगामी दिनमा पनि खानेपानी आयोजनामा हाम्रो बढी भन्दा बढी जोड रहन्छ।’

सुनकोटको पानीको समस्याबारे बोल्दै बोहोराले गैह्रदलितहरुले ट्यांकीमा पानी हाल्ने गरेकाले पुग्ने तर दलितहरुले ट्यांकीमा पानी नहाल्ने गरेकाले अपुग भएको प्रतिक्रीया दिए।

के भन्छ प्रदेश सरकार?

सुदुरपश्चिम प्रदेशको भौतिक पुर्वाधार विकास मन्त्रालयले कोटेलीमा खानेपानी आयोजनाका लागि ७० लाख रुपैयाँ रकम विनियोजन गरिएको मन्त्री पठान सिँह बोहराले बताए।

विगत ५ वर्षदेखि साविकको जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयद्धारा सञ्चालित खानेपानी आयोजनाको निर्माण कार्य अहिले संघले प्रदेश सरकारलाई हस्तातरण गरेको उनले जानकारी दिए। उक्त आयोजना छिटो सम्पन्न गर्न स्थलगत अनुगमन गरेरै निर्देशन दिएको उनको भनाइ छ।

सन्टोली गाँड खानेपानी योजना एक भिरमा पाइपलाइन बिछ्याउन नसकेर रोकिएको उपभोक्ता समितिका अध्यक्ष लक्ष्मी धिक्तले बताए। चालू आर्थिक वर्षको बजेटले जसरी पनि 'एक घर एक धारा' नभए पनि 'एक गाउँ एक धारा' पुर्‍याउने लक्ष्यका साथ काम भइरहेको अध्यक्ष धिक्तले सपष्ट पारे।

सँगै सिँचाइको योजना पनि सोही भिरमा रोकिएकाले केही दिनभित्रमै गाउँमा पुग्ने जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय डडेलधुराको दाबी छ।

प्रकाशित मिति: बुधबार, जेठ २२, २०७६  ०६:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश
१० वर्षमा साढे १८ किलोमिटर सडक : अझै सडक सञ्जालबाहिर मुगुम कार्मारोङ
भारत भ्रमणले राजनीतिक सरगर्मी बढाएसँगै रविको स्पष्टोक्ति– जेलमा रहँदाको भाकल पूरा गर्न जाँदैछु
सम्बन्धित सामग्री
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ किराँत समुदायले दशैंको टीका बहिष्कार गर्ने अभियान चलाए पनि पूर्व सभामुख तथा नेकपा एमालेका नेता सुवास नेम्वाङले दशैंमा टीका लगाउन कहि... बिहीबार, कात्तिक ५, २०८३
वर्षमा एक दिन खुल्ने तलेजु मन्दिरको रोचक तथ्य मन्दिरको भव्यताले एकछिन रोकिएर हेर्न बाध्य बनाउँथ्यो । तर हाम्रो ध्यान मन्दिरको बनावटमा मात्र अडिएन । मन्दिरको ढोका बन्द थियो, बन्द... मंगलबार, कात्तिक ३, २०८३
प्राकृतिक नाकाबन्दीमा परेको सिमकोट–हिल्सा सडक दुई दिनभित्र खुल्ने लगातारको हिमपातले अवरुद्ध बनेको कर्णाली करिडोरअन्तर्गत हुम्लाको सिमकोट–हिल्सा सडक दुई दिनभित्र खुलाउन काम जारी राखिएको छ । नाम्खा गा... सोमबार, कात्तिक २, २०८३
ताजा समाचारसबै
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
१० वर्षमा साढे १८ किलोमिटर सडक : अझै सडक सञ्जालबाहिर मुगुम कार्मारोङ शुक्रबार, कात्तिक ६, २०८३
भारत भ्रमणले राजनीतिक सरगर्मी बढाएसँगै रविको स्पष्टोक्ति– जेलमा रहँदाको भाकल पूरा गर्न जाँदैछु शुक्रबार, कात्तिक ६, २०८३
कर्णाली याक्सका अरिफुल र अकबर आइपुगे शुक्रबार, कात्तिक ६, २०८३
नेपाल प्रिमियर लिगको उद्घाटन दिनको टिकट आधा घण्टामै सोल्ड आउट शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
नेपाली मूलका व्यक्तिलाई पिएनओ परिचयपत्र दिन माग बिहीबार, कात्तिक ५, २०८३
एमाले कार्यालय असुरक्षित भएको भनिएको घट्ना के हो ? बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्