काँकडभिट्टा- झापाको काँकडभिट्टा उच्च मावि परिसरमा रहेको क्यान्टिनमा ग्यास सिलिन्डर पड्किएर आगलागी भएको छ।
आगलागीबाट १२ लाख रुपैयाँभन्दा बढीको मालसमानको क्षति भएको प्रहरीले जनाएको छ।
मेचीनगर–६ का नारायण विष्टले सञ्चालन गरेको क्यान्टिनमा बिहीबार बिहान ५ बजे रेगुलेटरबाट ग्यास चुहिएर आगलागी भएको काँकडभिट्टा इलाका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टंक भट्टराईले बताए।
आगलागीबाट कुनै मानवीय क्षति नभए पनि टिनको छानो रहेको क्यान्टिन पूरै जलेको छ।
मेचीनगर नगरपालिकाबाट गएको वारुणयन्त्र, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले आगो निभाएका थिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।