काठमाडौं– १२ वर्षअघि हातहतियारसहित भागेका सेनाका सिपाही नेत्र बिक्रम चन्द ‘विप्लव’को नेपाल कम्यूनिष्ट पार्टीमा लागेको खुलेको छ । भगौडा सिपाही झल बहादुर भगत सो पार्टीमा लागेका हुन् ।
भगतलाई सेनाले हिरासतमा लिएर कारबाही अघि बढाएको छ । भगत तीन साताअघि मोरङमा पक्राउ परेका थिए । चुनाव विरोधी गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको थियो । प्रहरीको सोधपुछको क्रममा उनी भगौडा सिपाही भएको खुलेपछि प्रहरीले सेनालाई बुझाएको हो ।
भगत हातहतियारसहित भागेकालाई उनलाई सोही अभियोगमा सैनिक ऐनअुनसार अनुसन्धान सुरु गरिएको सैनिक प्रवक्ता सहायक रथी नैनराज दाहालले बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।