

काठमाडौं– लतिलपुरमा तीन साताअघि एक युवतीलाई सामूहिक बलत्कार र हत्या प्रयास गर्ने तीन अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले रघु सिलवाल, बिशालध्वज कार्की र पवन कुँवरलाई पक्राउ गरेको हो ।
अफिसबाट घर फर्कदै गर्दा गत मंसिर २ गते ललितपुरमा युवतीको सामूहिक बलत्कारको प्रयास गर्दा प्रतिकार भएपछि हत्या प्रयास भएको थियो । गोदावरी नगरपालिकाको बाँडेगाउँमा २१ वर्षिय युवतीको उनीहरुले नै हत्या प्रयास गरेको प्रहरीले जनाएको छ ।
साँझ करिब पौन सात बजेको समयमा बाँडेगाउँको बस स्टेसनमा बसबाट झरेर हिड्दै घर फर्कदै गर्दा बाटोमा रहेका केही युवाहरुले उनलाई सडकबाट धकेलेर झाँडीमा पु¥याए । उनले हारगुहार गरिन् । कराउन थालेपछि मुख थुनेर बलत्कार प्रयास गरे । त्यसपछि पनि प्रतिकार गर्दा टाउकोले ढुङगामा हानेको उनले बताएकी छिन् । पक्राउ परेका युवकहरुले नै आफुलाई सुरुमा बलत्कार प्रयास गरेको र पछि हत्या गर्न खोजेको पीडित युवतीले बताएकी छिन् ।
सात दिनपछि होस खुलेको थियो
बेलुका घर नआएपछि परिवारले युवतीको खोजी सुरु गरे । फोन पनि नलागेपछि प्रहरीलाई समेत जानकारी गराएर खोजी सुरु गरेका थिए । खोज्ने क्रममा भोलीपल्ट बिहान सडकमुनी उनलाई बेहोस अवस्थामा भेटाएका थिए । कपडा च्यातिएको थियो, उनी अर्धनग्न अवस्थामा थिइन् । शरिरभरी चोट थिए । एक हप्तासम्म उनी बर्बाराउन मात्र सकिन् । एक हप्तापछि मात्र उनको पूर्ण रुपमा होस खुलेको थियो । अहिलेसम्म युवती अस्पतालमै छिन् । मदिराको नशामा त्यसरी युवतीको बलत्कार प्रयास भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।