काठमाडौं– चर्चित कथाकार एवं गजलकार मनु ब्राजाकी सिकिस्त बिरामी भएका छन्। अचेत अवस्थामा रहेका ब्राजाकीको पाटन अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ।
अस्पताल स्रोतका अनुसार ब्राजाकीलाई ब्रेन स्ट्रोक भएको छ। चिकित्सकहरुले उनको स्वास्थ्य सुधारोन्मुख रहेको बताएका छन्। यद्यपि ब्राजाकीको होश खुलेको छैन। ७५ वर्षीय ब्राजाकीलाई ब्रेन स्ट्रोक योसहित तेस्रो पटक भएको पारिवार स्रोतले जनाएको छ।
तिम्री स्वास्नी र म, पारदर्शी मान्छे, अन्नपूर्णाको भोज, भविष्य यात्रा लगायत आधा दर्जनभन्दा बढी कथा संग्रहका साथै गजग गंगा, के हेरेको ए जिन्दगी लगायत गजलसंग्रह प्रकाशित छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।