जाजरकोट- जिल्लाबाट नवनिर्वाचित सांसदहरु यतिबेला गाउँगाउँ पुगेर मतदातालाई धन्यवाद दिन व्यस्त छन्
आफूलाई भोट दिएर विजयी गराउने मतदातालाई धन्यवाद दिन गाउँमा गएको पूर्वगृहमन्त्री तथा प्रतिनिधिसभा सदस्य शक्तिबहादुर बस्नेतले बताए।
गाउँमा स्थानीयका माग, सल्लाह र सुझाव लिन गाउँगाउँ घुमिरहेको उनको भनाइ छ। बुधबार दिउँसो पश्चिमको थलहमा मतदातालाई धन्यवाद दिन जनसभाकै आयोजना गरिएको छ।
मंगलबार सदरमुकाम लगायतका ठाउँमा कार्यकर्ता र जनतासँग भेटघाट गरी गाउँतर्फ लागिएको अर्का प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहले बताए। जनतालाई धन्यवाद दिन गएका सांसदलाई अधिकांश स्थानीयले पार्टी एकता कहिले हुन्छ? भन्दै प्रश्न गर्न थालेका छन्।
सांसदलाई भेटेर ज्ञापनपत्र बुझाएर यहाँका महिला, युवाले दुर्गमलाई सुगम बनाउन, महिलामैत्री र राज्यका हरेक निकायमा महिलाको अर्थपूर्ण सहभागितामा जोड दिन आग्रह गरेका छन्। स्थानीयबासीले चुनावको बेला उठाएका एजेन्डा नभुल्नसमेत आग्रह गरेका छन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।