• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक ६, २०८३ Fri, Oct 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

'राजनीतिक कारखाना'का रुपमा परिचित विद्यालयमा विद्यार्थीको धानी नसक्नुको चाप

२५ सय बढी विद्यार्थी, सिसी क्यामेरादेखि छुट्टै खेल शिक्षकसम्मको व्यवस्था
64x64
नेपाल लाइभ सोमबार, जेठ २०, २०७६  ०६:१४
1140x725

रोल्पा- सरकारी विद्यालयमा राम्रो पढाइ नहुने भन्दै निजी विद्यालयतर्फ आकर्षण बढिरहेको बेला रोल्पाको एक सामुदायिक विद्यालय भने अभिभावक र विद्यार्थीका लागि आकर्षणको केन्द्र बन्दै गएको छ। सदरमुकाम लिवाङमा रहेको बालकल्याण नमूना माध्यमिक विद्यालयले बितेको एक दशक यता गरेको शैक्षिक सुधारसँगै विद्यालयमा अभिभावक र विद्यार्थीको आकर्षण बढेको हो।

व्यवस्थापन परिवर्तन र प्रशासनिक सुधारपछि भने अहिले सो विद्यालय जिल्लाकै नमूना विद्यालयको रुपमा स्थापित भएको छ। शिक्षा विभागले नमूनाकोे रुपमा उक्त विद्यालय छनोट गरेको छ।

पछिल्लो समय निजी विद्यालय छोडेर सो विद्यालयमा अध्ययन गर्न आउनेहरुको संख्या बढी छ। विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म ३२ वटा कक्षामा पठनपाठन सञ्चालन हुँदै आएको छ।

कसरी सम्भव भयो सुधार?
अभिभावक, विद्यालय व्यवस्थापन समिति र शिक्षकहरुको लगातारको मेहनतका कारण विद्यालयको सुधार सम्भव रहेको विद्यालय व्यवस्थापन समितिका सदस्य जीतबहादुर डाँगीले प्रतिकृया दिए। 'अभिभावकको निरन्तर निगरानी, विद्यालय व्यवस्थापन समितिको खटनपटन र जिम्मेवारी बोध तथा शिक्षकहरुमा आएको सेवाभावकै कारण विद्यालयको शैक्षिक सुधार सम्भव भएको हो,' सदस्य डाँगीले भने।

शिक्षकहरुमा कर्तव्यप्रतिको जिम्मेवारी, विद्यार्थीहरुमा अनुशासन र पढ्नुपर्छ भन्ने भित्री अठोट, अभिभावकको निरन्तर सहयोग र निगरानीका कारण विद्यालयको शैक्षिक अवस्थामा सुधार सम्भव भएको विद्यालयका प्राचार्य मधुसुदन पोख्रेलले बताए। विद्यालयको समग्र अवस्था सन्तोष गर्ने स्थीतिमा पुगे पनि अझै धेरै गर्न बाँकी रहेको पोख्रेलले प्रतिकृया दिए।

विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासन बीचको सम्बन्ध र जिम्मेवारी प्रतिको बुझाइमा एकरुपता नहुँदासम्म विद्यालयको परिवर्तन असम्भव रहेको पोख्रेलको भनाइ छ। वर्षेनी २/३ सय विद्यार्थी निजी विद्यालय छोडेर बालकल्याणमा आउने गरेको पोख्रेलले जानकारी दिए।

निगरानीका लागि सिसी क्यामेरादेखि छुट्टै खेल शिक्षकसम्मको व्यवस्था
चालू शैक्षिक सत्रमा सो विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म २ हजार ५ सय बढी विद्यार्थी रहेको विद्यालयले जानकारी दिएको छ। विद्यालयले हाल नर्सरीदेखि कक्षा ९ सम्म अंग्रेजी माध्यममा पनि पढाउँदै आएको छ। आगामी वर्ष कक्षा १० सम्म नै अंग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन गर्ने प्राचार्य पोख्रेलले योजना सुनाए।

नर्सरीदेखि कक्षा ५ सम्म अंग्रेजी माध्यम अनिवार्य बनाइएको छ भने कक्षा ६ देखि १० सम्म अंग्रेजी र नेपाली दुवै माध्यममा पढाइ हुँदै आएको छ। 'हाम्रै विद्यालयमा अध्ययन गरेका तथा निजी विद्यालयबाट आएकाहरुका लागि अंग्रेजी तथा नेपाली दुवै माध्यममा पढ्नसक्ने व्यवस्था गरेका छौं।,' प्राचार्य पोख्रेलले भने।

Ncell 2
Ncell 2
nimb
nimb

१०‍‍‌+२ तहमा विज्ञान, मानविकी, व्यवस्थापन, शिक्षा र कम्युटर विज्ञानको पढाइ भइरहेको छ। केही वर्ष यता सो विद्यालयले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्‌बाट सम्बन्धन प्राप्त गरी सब-इन्जिनियर र सब-ओभरसियर विषयमा समेत पठनपाठन गर्दै आएको छ। जिल्लामा एसइईमा उतीर्ण प्रतिशत १५ हुँदा सो विद्यालयले भने हरेक वर्ष ७५ प्रतिशत भन्दा बढी नतिजा दिँदै आएको बताइएको छ।

जिल्ला स्तरमा सञ्चालन गरिने अन्तर विद्यालय खेलकुद, सांस्कृतिक तथा साहित्यिक कार्यक्रमहरुमा समेत विद्यालयले राम्रो नतिजा हासिल गर्दै आएको बताइएको छ। हरेक वर्ष सञ्चालन गरिने माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा समेत विगत ६ वर्ष यताका सवै शिल्ड विद्यालयले कब्जा गर्दै आएको विद्यालयका खेलकुद शिक्षक ओम सेनले जानकारी दिए।

खेलकुदलाई प्रोत्साहन गर्न भन्दै छुट्टै खेल शिक्षकको व्यवस्था समेत गरेको विद्यालयले जनाएको छ। अनुगमनका लागि हरेक कक्षाकोठामा सिसी क्यामेरा जडान गरिएको छ। विद्यालयका प्राचार्यले सिसी क्यामेरामार्फत हरेक कक्षाकोठाको निगरानी गर्ने गर्दछन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

विद्यालयमा बढ्दै गएको विद्यार्थी संख्याको तुलनामा जनशक्ति र भौतिक संरचनाको व्यवस्थापनमा चूनौती थपिएको विद्यालय व्यवस्थापन समितिका सदस्य खटकबहादुर खत्री बताउँछन्। वर्षेनी धेरै नयाँ विद्यार्थी थप हुँदै जाँदा शिक्षकको संख्या र कक्षाकोठा समेत थप गर्नुपर्ने भएकाले विद्यालयलाई व्यवस्थापनमा ठूलो जिम्मेवारी थपिएको खत्रीको भनाइ छ। कक्षा ६ देखि १० सम्म २ वटा भाषामा पठनपाठन गर्दा दोब्बर जनशक्तिको व्यवस्थापन गर्नु परेकाले थप व्ययभार हुँदै आएको उनले बताए।

विद्यालयको थप सुधारका लागी विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासन गम्भीरताका साथ लागि परेको उनको भनाइ छ।

के भन्छन् विद्यार्थी?
विद्यालयले आफूहरुका लागि गरेको लगानीबाट सन्तुष्ट रहेको कक्षा १० की छात्रा सीता डाँगीले बताइन्। पुस्तकालय तथा कम्युटर ल्याव र विज्ञान प्रयोगशालाको समेत विद्यालयले उचित सुविधासहित पठनपाठन गराएको छात्रा डाँगीको भनाइ छ। केही कक्षाकोठामा विद्यार्थिको चाप अधिक रहेकाले पठनपाठनमा समस्या आउने गरेको विद्यार्थीहरुले प्रतिक्रिया दिएका छन्।

बन्द हडतालको पहिलो निसाना विद्यालय हुँदा पढाइमा प्रभाव पर्ने गरेको कक्षा ९ का विद्यार्थी पुष्प शर्माले गुनासाे पोखे। राजनैतिक दलसम्वद्ध विद्यार्थी संगठनहरुले आफ्ना कार्यक्रममा आफूहरुलाई प्रयोग गर्ने गरेकोमा उनले असन्तुष्टि पोखे। 'हामी शान्तिपंर्ण ढंगबाट पढ्न चाहन्छौं। पढ्ने उमेर भएकाले यतिबेला हामीलाई कुनै पनि राजनैतिक दलको कार्यक्रमप्रति सरोकार छैन। विद्यालयले त्यही अनुसारको वातावरण तयार गरोस्,' शर्माले भने।

'राजनीतिक कारखाना'का रुपमा परिचित विद्यालयको फेरिएको पहिचान
जिल्लाकै एक पुरानो विद्यालयको रुपमा रहेको बालकल्याण नमूना मावि २०२३ सालमा स्थापना भएको हो।

२०५२ सालदेखि १०+२ तहमा समेत पठनपाठन सुरु गरेको यस विद्यालय विगतमा राजनैतिक कारखानाको रुपमा परिचित थियो। विद्यालय राजनैतिक क्रिडा स्थल भएको भन्दै सचेत अभिभावकहरु सो विद्यालयमा अध्ययन गर्दै गरेका आफ्ना छोराछोरी निजी विद्यालयमा भर्ना गर्ने गर्दथे। विद्यालय आसपासका अभिभावकले समेत आफ्ना छोराछोरी त्यहाँ नपढाएर टाढाको निजी विद्यालयमा पठाउने गर्थे।

सरकारी विद्यालय पढाए छोराछोरीको भविष्य अनिश्चित हुने भन्दै सुनिश्चित भविष्यका लागि अभिभावकको छनोट निजी विद्यालय हुने गर्दथ्यो। पछिल्लो एक दशक यता विद्यालयले गरेको शैक्षिक सुधारका कारण उक्त विद्यालय दुर्गमको अब्बल बन्न पुगेको छ। अभिभावकको आकर्षण बढ्न थालेसँगै विद्यार्थीको चाप धानि नसक्नु भएको छ।

विद्यालयमै हेल्थ डेस्क
विद्यार्थीको स्वास्थ्य सेवालाई ध्यानमा राखेर विद्यालयले हेल्थ डेस्क स्थापना गरेको छ। डेस्कमा नर्सको व्यवस्थासमेत गरेको विद्यालयले जनाएको छ।

हेल्थ डेस्कका लागि खुला प्रतिस्पर्धा गराई एक जना नर्सलाई नियुक्ति दिइएको विद्यालयका प्राचार्य पोख्रेलले जानकारी दिए। 'हेल्थ डेस्कबाट विद्यार्थीहरुले सामान्य स्वास्थ्य परिक्षणसमेत गरिनुका साथै छात्राहरुको स्वास्थ्यमा विशेष ध्यान दिन नर्सको परिचालन गर्छौं,' प्राचार्य पोख्रेलले भने, 'विद्यालय हाताभित्र राख्न मिल्ने केही औषधिहरुको पनि व्यवस्था गरेका छौं। त्यस्ता औषधि विद्यालयले नै खरिद गरी विद्यार्थीहरुलाई स्वास्थ्य सेवा दिँदै आएका छौं।'

दैनिक १० जना भन्दा बढी विद्यार्थी उपचारको नाममा बिदा मागेर विद्यालय नआउने गरेको विद्यालयको तथ्यांक छ। दैनिक यति धेरै विद्यार्थीले पढाई छोड्दा उनीहरुको पठनपाठनमा प्रत्यक्ष रुपमा प्रभाव पर्छ। विद्यालयमा नै हेल्थ डेस्क स्थापना भएपछि सामान्य स्वास्थ्योपचार हुने भएकोले बिरामी भएर विद्यालय अनुपस्थित हुने विद्यार्थीको संख्या समेत घट्ने विद्यालयलाई विश्वास छ।

प्रकाशित मिति: सोमबार, जेठ २०, २०७६  ०६:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पिएचपीमा सुरक्षा जोखिम देखिएपछि राष्ट्र बैंकको वेबसाइट बन्द
क्रसरको पानी पोखरीमा डुबेर सिन्धुलीको सुनकोसीमा आमा–छोरीको मृत्यु
तीन दिने तीर्थाटनका लागि रास्वपा सभापति लामिछाने भारत प्रस्थान
सम्बन्धित सामग्री
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ किराँत समुदायले दशैंको टीका बहिष्कार गर्ने अभियान चलाए पनि पूर्व सभामुख तथा नेकपा एमालेका नेता सुवास नेम्वाङले दशैंमा टीका लगाउन कहि... बिहीबार, कात्तिक ५, २०८३
वर्षमा एक दिन खुल्ने तलेजु मन्दिरको रोचक तथ्य मन्दिरको भव्यताले एकछिन रोकिएर हेर्न बाध्य बनाउँथ्यो । तर हाम्रो ध्यान मन्दिरको बनावटमा मात्र अडिएन । मन्दिरको ढोका बन्द थियो, बन्द... मंगलबार, कात्तिक ३, २०८३
प्राकृतिक नाकाबन्दीमा परेको सिमकोट–हिल्सा सडक दुई दिनभित्र खुल्ने लगातारको हिमपातले अवरुद्ध बनेको कर्णाली करिडोरअन्तर्गत हुम्लाको सिमकोट–हिल्सा सडक दुई दिनभित्र खुलाउन काम जारी राखिएको छ । नाम्खा गा... सोमबार, कात्तिक २, २०८३
ताजा समाचारसबै
पिएचपीमा सुरक्षा जोखिम देखिएपछि राष्ट्र बैंकको वेबसाइट बन्द शुक्रबार, कात्तिक ६, २०८३
क्रसरको पानी पोखरीमा डुबेर सिन्धुलीको सुनकोसीमा आमा–छोरीको मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
तीन दिने तीर्थाटनका लागि रास्वपा सभापति लामिछाने भारत प्रस्थान शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
तिब्बतमा शक्तिशाली भूकम्प : १६ जनाको मृत्यु, ३२ घाइते शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
एमाले कार्यालय असुरक्षित भएको भनिएको घट्ना के हो ? बिहीबार, कात्तिक ५, २०८३
नेपाली मूलका व्यक्तिलाई पिएनओ परिचयपत्र दिन माग बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्