• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, साउन २३, २०८३ Sat, Aug 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

कृषि इन्जिनियरका दु:ख– विदेश जाऊँ मन मान्दैन, नेपाल बसूँ जागिर पाइँदैन

64x64
नेपाल लाइभ शनिबार, जेठ १८, २०७६  १६:४५
1140x725

इटहरी– कृषि प्राविधिक क्षेत्रमा रोजगार पाइएला भन्ने सोच बनाएर रोशन अधिकारीले 'एग्रिकल्चर इन्जिनियरिङ' पढे। उनले २०७२ सालमा पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरानबाट कृषि प्राविधिक (इन्जिनियरिङ) मा स्नातक पूरा गरे। तर, उनी अहिले बेरोजगार छन्। 

अहिले आएर उनलाई लाग्छ- अरु नै विषय पढेको भए हुन्थ्यो कि।

‘विदेश जान मन मान्दैन, नेपालमै बसौं जागिर पाइँदैन,’ उनी भन्छन्, 'इन्जिनियर भएर के गर्नु, कृषि क्षेत्रमा काम नै पाइन्न।' उनले भनेझैं शैक्षिक योग्यताको प्रमाणपत्र हातमा लिएर बसेका धेरैजसो युवाहरु बेरोजगार छन्। उनीसँग सिप छ, तर उपयोग गर्ने ठाउँ छैन।

रोशन अधिकारी

त्यसो त केही समयअघि काठमाडौंको एक कन्सल्टेन्सीमा उनले काम गरेका थिए। त्यो पनि चित्त नबुझेर अहिले घरमै बसेका छन्। 

अधिकारीसँगै पासआउट भएका विशाल थापा काठमाडौंको स्मार्ट इन्जिनियरिङ कन्सल्टेन्सीमा काम गर्छन्। लामो समय रोजगारका लागि भौंतारिएका उनको मासिक तलब २० हजार छ। इन्जिनियर भएपछि रोजगारी र पैसाको कमी हुँदैन भन्ने बुझेका उनी अहिले समस्यामा छन्। प्राविधिक विषयमा समाजको बुझाइ र सरकारको काम गराइको तरिका नमिलेर दु:ख पाएको उनले सुनाए।

विशाल थापा

काठमाडौंकै ग्रिन लाइफ एग्रोटेकमा काम गर्ने अमृत गुरुङको भनाइ भने रोशन अधिकारीको जस्तै छ। सरकारले आफूलाई अवहेलना गरेको उनी बताउँछन्। 

सरकारले कृषि प्राविधिकलाई उपयोग गर्न नसकेको उनको बुझाइ छ। मासिक लाख कमाउने सपना बोकेका उनी १५ हजार तलबमा काम गर्न बाध्य छन्। 'विदेश जानुभन्दा पनि नेपालमै केही गरौं भन्ने हो,' उनी गुनासो पोख्छन्, 'तर काम नपाएर दु:ख मात्र पाइयो।'

नेपालमा कृषि इन्जिनियरिङ पढाइ हुने एक मात्र क्याम्पस हो पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस, धरान। जहाँबाट वार्षिक ४८ जना इन्जिनियर उत्पादन हुन्छन्। २०५७ सालबाट सोही कोटामा कृषि प्राविधिक विषय पनि सुरु भएको थियो। तर २०७० सम्म वार्षिक १० देखि १५ को हाराहारीमा मात्र प्राविधिक उत्पादन भए।

nimb
nimb
Ncell 2
Ncell 2
अमृत गुरुङ

०७० पछि वार्षिक ४८ जनाकै पूर्ण कोटामा प्राविधिकहरु पासआउट भइरहेका छन्। अहिलेसम्म ३ सय ५० को हाराहारीमा  कृषि इन्जिनियर तयार भइसकेका छन्। त्यसमध्ये ८५ जना मात्र सरकारी रोजगारीमा छन्। बाँकी केही इन्जिनियरको अवस्था भने इन्जिनियरिङ कन्सल्टेन्सीमा काम गर्दैमा बितिरहेको छ। तर उनीहरु सन्तुष्ट देखिन्नन्। अधिकांश त बेरोजगार बनेका छन्। 

'उपेक्षामा कृषि प्राविधिक'
कृषि इन्जिनियरलाई सरकारले बेवास्ता गरेको भन्दै नेपाल कृषि इन्जिनियर्स सोसाइटीले एक विज्ञप्ति नै जारी गरेर सरकारको ध्यानाकर्षण गराएको छ। जेठ १५ गते जारी विज्ञप्तीमा नेपाल सरकारले सोही दिन स्थानीय तहको कर्मचारी परिपूर्तिका लागि खुलाएको विज्ञापनमा कृषि प्राविधिकको कोटा नसमेटिएकोमा उनीहरुको असन्तुष्टि छ। प्रधानमन्त्री कृषि आधुनिकीकरणको नारा लगाएको सरकारले कृषि प्राविधिलाई नसमेटी अभियान सफल नहुने उनीहरुको तर्क छ। 

इन्जिनियर्स सोसाइटीको विज्ञप्तिमै मिल्दोजुल्दो गरी ‘नेपाल कृषि इन्जिनियरिङ विद्यार्थी समाज’ले पनि सरकारको ध्यानाकर्षण गराएको छ। कृषि प्राविधिकबिना समृद्ध नेपालको नारा पूरा नहुने भन्दै स्थानीय तहको कृषि आधुनिकीकरणमा कृषि प्राविधिकलाई अवसर दिन उनीहरुले आग्रह गरेका छन्।  

५ वर्षभित्र कृषि उत्पादनमा दोब्बर वृद्धि गर्ने सरकारको योजना कृषि इन्जिनियरबिना सफल नहुने इन्जिनियर्स सोसाइटीका सचिव सागर काफ्ले बताउँछन्। सरकारले कृषि इन्जिनियरलाई उपेक्षा गरेको भन्दै उनले प्रधानमन्त्री कृषि आधुनिकीकरणको कार्यक्रम सफल नहुने टिपणी गरे। 'कृषि प्राविधिकबिना आधुनिकीकरण कसरी सम्भव छ?' उनले भने, 'देशलाई समृद्ध बनाउने अभियान चलिरहेको बेला कृषि इन्जिनियर बेरोजार बन्नु लज्जास्पद र दु:खद विषय हो।' 

सरकार भने प्रधानमन्त्री कृषि आधुनिकीकरणको नाममा वार्षिक अर्बौं बजेट विनियोजन गरिरहेको छ। कृषिमा आधुनिकीकरण भित्र्याउने अभियानमा लागेको सरकारले नै कृषि इन्जिनियरको क्षमताको उपयोग गर्न सकेको छैन।

प्रकाशित मिति: शनिबार, जेठ १८, २०७६  १६:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बूक पाेष्ट सेवामा आएकाे समस्या के हाे?
मैदानबाट भाग्ने वा लुकेर बस्ने समय होइन, एकताबद्ध हुने बेला हो : राजेन्द्र लिङदेन
एनपिएलमा पहिलो विदेशले पाए कप्तानी जनकपुर बोल्ट्सको कप्तानी हरमितले गर्ने
सम्बन्धित सामग्री
बालबालिकालाई मायाले दिइने 'गुलियो' नयाँ जनस्वास्थ्य संकट, के भन्छन् विज्ञ? भर्खरै दुई वर्ष पार गरेका यी बालकको जिब्रोले प्राकृतिक रैथाने खाना भन्दा बढी बजारका प्रशोधित र गुलिया खानेकुराहरु चकलेट, विस्कुट, लल... शुक्रबार, जेठ १५, २०८३
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
ताजा समाचारसबै
बूक पाेष्ट सेवामा आएकाे समस्या के हाे? शनिबार, साउन २३, २०८३
मैदानबाट भाग्ने वा लुकेर बस्ने समय होइन, एकताबद्ध हुने बेला हो : राजेन्द्र लिङदेन शनिबार, साउन २३, २०८३
एनपिएलमा पहिलो विदेशले पाए कप्तानी जनकपुर बोल्ट्सको कप्तानी हरमितले गर्ने शनिबार, साउन २३, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
कालिकोटमा स्वास्थ्यकर्मीमाथि आक्रमण : स्थानीय किन आक्रोशित भए? शनिबार, साउन २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
कर प्रणालीमा व्यापक सुधार गर्दै सरकार शुक्रबार, साउन २२, २०८३
कालिकोटमा स्वास्थ्यकर्मीमाथि आक्रमण : स्थानीय किन आक्रोशित भए? शनिबार, साउन २३, २०८३
मध्यरातमा प्रधानमन्त्रीले किन लेखे–एक्लै लड्नुपर्ने हुन्छ? शनिबार, साउन २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीति: दलगत विभाजनभन्दा माथि उठेर जनमुखी राजनीति कहिले? सुरेश गिरी
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
कश्मीरको कुलगाममा नाम सोधेर हिन्दू पाइएपछि भीडबाट अलग गराएर आतंकवादीद्वारा दुई युवकको हत्या शनिबार, साउन १६, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
नेपाल लाइभको प्रधान सम्पादकमा दाहाल बिहीबार, साउन २१, २०८३
कर प्रणालीमा व्यापक सुधार गर्दै सरकार शुक्रबार, साउन २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्