काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार एक कर्मचारीलाई घुससहित पक्राउ गरेको छ भने पाँच जनालाई मुद्दा दायर गरेको छ ।
आयोगको टोलीले पोखरामा बिद्युत् प्राधिकरणका कर्मचारी ईश्वरीप्रसाद सुवेदीलाई २५ हजार घुससहित पक्राउ गरेको हो । उनले थ्रिफेजको मिटर जडानका लागि २५ हजार रुपैयाँ घुस लिएका थिए । अख्तियारको क्षेत्रीय कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
त्यस्तै आयोगले मंगलबार जिल्ला प्राविधिक कार्यालय, कंचनपुरका चार कर्मचारीविरुद्ध बिशेष अदालमा मुद्दा दायर गरेको छ । प्रमुख जिल्ला ईन्जिनियर केदार शर्मा लेखापाल केशवराज जोशी, सब–ईन्जिनियरहरु डण्डीराज पाण्डे, विरेन्द्रसिंह बडाल र नबिनकुमार दुबेविरुद्ध मुद्दा दायर गरेको हो । उनीहरुले आपसी मिलेमतोमा ठेक्का सदर गर्ने र रनिङ्ग बिल पास गर्न ६ लाख र १४ हजार ७० हजार रुपैयाँको दुई वटा चेक लिएका थिए । उनीहरुविरुद्ध २० लाख ७० हजार रुपैयाँ बिगो दाबी गरी मंगलबार बिशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।