जनकपुरधाम– स्थानीय तहको अन्तिम चरणको चुनावको तयारी प्रदेश २ मा जोडतोडले चलिरहेको छ। उम्मेदवारहरु दिनरात प्रचार अभियानमा जुटिरहेका मात्रै छैनन्, मन खोलेर खर्च पनि गरिरहेका छन्।
निर्वाचन आचारसंहिताले चुनाव प्रचारका लागि खर्चको सीमा तोके पनि उम्मेदवारहरुले करोडभन्दा माथि खर्च गरिरहेको उम्मेदवार आफैंले भन्दै हिँडेका छन्। यसले स्थानीय तहमा भोलि भ्रष्टाचार मौलाउने खतराप्रति चिन्ता व्यक्त गर्छन् प्राध्यापक सुरेन्द्र लाभ।
'उम्मेदवारहरुले ठूलो खर्च गरेर चुनावमा भाग लिनेबित्तिकै स्वभाविक रुपमा भोलि उसले गरेको खर्च उठाउन खोजिहाल्छ,' जनकपुरमा रहेर चुनावको विश्लेषण गरिरहेका लाभले भने, 'निर्वाचन आचारसंहिताको व्यापक उल्लंघन भएको छ। उम्मेदवारहरुले चुनावी प्रचारका लागि प्रशस्त खर्च गरेका छन्। यसले गरिबहरुको प्रतिनिधित्व हुने सम्भावना हराउँदै गएको छ।'
प्रदेश २ को स्थानीय निर्वाचनको सेरोफेरोमा रहेर जनकपुरका प्राध्यापक सुरेन्द्र लाभसँग नेपाल लाइभका लागि रुपेश श्रेष्ठले गरेको कुराकानीः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।