• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, वैशाख ३१, २०८३ Thu, May 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

फिदिमको चिया पसलमा कांग्रेसको चिन्ता

'कांग्रेसको शत्रु कांग्रेस नै'
64x64
नेपाल लाइभ शनिबार, जेठ १८, २०७६  १२:१०
1140x725

फिदिम (पाँचथर)– नेपाली कांग्रेस पाँचथरका क्षेत्रीय सभापति बम लावती कोरियन भाषा प्रशिक्षण केन्द्रका सञ्चालक पनि हुन्। पार्टीको कामबाट फुर्सद पाएका बेला उनी फिदिम नगरपालिका-१ स्थित सोही केन्द्रमा बिताउँछन्। त्यसो त उनको व्यावसायिक कृषि फार्म पनि छ। 

दोस्रो तलामा तालिम केन्द्र छ। त्यसको ठिकमुनि चिया पसल। लावतीको आबद्धता कांग्रेसमा भएकाले त्यही बाटो भएर आवतजावत गर्ने अधिकांश स्थानीय नेता-कार्यकर्ता उक्त चिया पसलमा छिर्छन्। र, राजनीतिका विषयमा गफिन्छन्। नेताहरु भेट्दा ‘जय नेपाल’ आदानप्रदान गर्नु सामान्य भइहाल्यो। चियागफको अधिकांश विषय कांग्रेसमै केन्द्रित हुन्छ।

स्थानीय नेता-कार्यकर्ता आउने-जाने क्रममा त्यही चिया पसलमा भेटिए पत्रकार महासंघ पाँचथरका सभापति लवदेव ढुंगाना। नेपाली कांग्रेस निकट पत्रकार संगठन प्रेस युनियनमा आबद्ध ढुंगाना पार्टीको कार्यशैलीप्रति असन्तुष्ट थिए। साथै, उनी आबद्ध प्रेस युनियनले समयमा महाधिवेशन गर्न नसकेकोमा उनको चरम असन्तुष्टि थियो।

कांग्रेस अहिले एकमहिने जागरण अभियानका क्रममा छ। यद्यपि अभियानले कांग्रेस कार्यकर्तामा थप ऊर्जा दिन नसकेको फिदिममा भेटिएका स्थानीय कार्यकर्ताबाटै बुझ्न सकिन्छ। पार्टीलाई थप सशक्तिकरण गर्न तथा सरकारको गलत क्रियाकलापका विरुद्ध देशभर जागरण अभियान सञ्चालन गरेको कांग्रेसको अभियान ओइलाउँदै गएको छनक यहाँका नेता-कार्यकर्ताले दिए।

पाँचथर नेपाली कांग्रेसका नेता-कार्यकर्ता उत्पादन गर्ने उर्वर क्षेत्र पनि हो। भूविक्रम नेम्वाङ, देवान दोर्जे थिङ, गणेश रिजाल, तेजप्रकाश रिजाल लगायतका पुराना नेतालाई कांग्रेसीजनले अहिले पनि सम्झिइरहन्छन्। असहज परिस्थितिमा पुराना नेता कार्यकर्ताले धानेको कांग्रेस अहिले पनि पाँचथरमा बलियै छ। जग बलियो भएको कांग्रेसलाई सोही रुपमा उभ्याउन भने वर्तमान नेतृत्वले सकेको छैन। 

केन्द्रको आन्तरिक गुट तल्लो तहसम्मै पुगेको छ। क्षेत्रीय सभापति लावतीले त्यसलाई स्विकार्दै भने, ‘केन्द्रको आन्तरिक विवादको असर पाँचथरमा पनि छ। तर, केन्द्रमा भन्दा कम छ।’ 

क्षेत्रीय सभापति बम लावती

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले महासमिति बैठकलगत्तै जागरण अभियान सुरु गर्न प्रस्ताव गरेका थिए। तर, अभियान बैसाखमा मात्रै सुरु गरियो। स्थानीय कार्यकर्ता अभियान ढिलो गरिएमा असन्तुष्ट छन्। 

प्रादेशिक संरचना अनुरुप संगठन नभएको कांग्रेसका लागि अभियान प्रभावकारी हुनबाट संगठनले रोकेको छ। विधान कार्यान्वयनको अभाव पाँचथरमा पनि देखियो। बिनासंगठन जागरण अभियानमा लागेका स्थानीय नेताहरुले जिल्लाभरिमा हालसम्म पाँच वडामा संगठन बनाएका छन्।

nimb
nimb
Ncell 2
Ncell 2

चिया गफका क्रममा थपिए, जिल्ला कार्यसमिति सदस्य मणिचन्द्र चेम्जोङ। पार्टीको क्षयीकरण हुनुमा उनी कांग्रेसको आन्तरिक कारणलाई दोष दिन्छन्। ‘कांग्रेस कमजोर भएको कांग्रेस भित्रैबाट हो। कांग्रेसले कांग्रेसलाई हराउने खेल छ,’ उनले असन्तुष्टि ओकले। 

पार्टी सर्कुलर समयमा नहुनु, प्रशिक्षण शून्य, व्यक्तिवादी चरित्र, गुट, नेतृत्वको कार्यशैली, नेताको आशीर्वाद लगायतका कारणले पार्टी कमजोर भएको उनीहरुको ठम्याइ छ। पार्टी नेतृत्वप्रति आक्रोशित क्षेत्रीय सभापति लावती हाकाहाकी भन्छन्, ‘नेतालाई हनुमान चाहिएको छ। नेताको शैली र आचरण परिवर्तन हुन जरुरी छ।’

स्थानीय कार्यकर्तामा महासमितिको बैठकको निर्णयलाई केन्द्रीय समितिले उल्टाएको प्रति तीव्र आक्रोश छ। स्वतः महाधिवेशन प्रतिनिधि बन्न पाउने विधानको प्रावधानको विपक्षमा छन्, जिल्ला सचिव ब्रिजहाङ आङदेम्बे । उनी प्रश्न गर्छन्, ‘महासमिति बैठकको निर्णय उल्ट्याउन सक्ने अधिकार केन्द्रीय समितिलाई कहाँ छ?’ 

जिल्ला सचिव ब्रिजहाङ आङदेम्बे

पुसमा महासमिति बैठकले गरेको निर्णयलाई केन्द्रीय समितिले उल्ट्याइदिएको थियो। केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने र आरक्षण दोहोर्‍याएर हुन पाउने विधानको पुरानो व्यवस्थालाई कायम गरिएको थियो। १४औं महाधिवेशन यसै वर्षको फागुनमा गर्नुपर्ने कांग्रेसका लागि समय छ। तर, नियमित समयमा महाधिवेशन हुन सक्ने अवस्था देखिएको छैन। समयमा महाधिवेशन हुनैपर्ने माग नेतृत्वसँग जिल्ला कार्यसमिति सदस्य मधु जबेगुको छ। 

चिया पसलमा थपिने र बाहिरिने नेताहरुको क्रम जारी छ। 

आफ्नै कामले हिँडिरहेका भरत तुम्वाले लावती र चेम्जोङलाई चिया पसलमा देखिपछि मोटरसाइकल रोके। र, चिया पसलमा छिरेपछि उनले पनि पार्टीको आन्तरिक जीवनका विषयमा दुखेसो पोखे।

गत स्थानीय निर्वाचनमा फिदिम वडा नम्बर ५ मा वडाध्यक्षको प्रत्यासी बनेका तुम्वाको नमिठो अनुभव छ। तरुण दल पाँचथरको सचिवसमेत रहेका तुम्वाले पार्टीभित्रैबाट पराजय भोगेको अनुभव सुनाए। जिल्लाको उच्च तहमा रहेका नेताले नै आफूलाई हराएको उनले तितो विगत सम्झिए। उनले भने, ‘मलाई हराउनकै लागि पार्टीभित्रैबाट मतदातालाई प्रभाव पारियो।’

जिल्ला कार्यसमिति सदस्य मधु जबेगु

त्यसो त नेपाली कांग्रेसले गठन गरेको अनुशासन समितिमा पाँचथरकै भीष्मराज आङदेम्बे अध्यक्ष छन्। 

तपाईंलाई हराउनका लागि भूमिका खेल्नेका विरुद्धमा उजुरी दिनुभयो? नेपाल लाइभले तुम्वालाई प्रश्न राख्यो। पार्टीभित्र ईख पाल्न नहुने धारणा राख्ने उनले भने, ‘मेरो कारण उहाँको राजनीतिक भविष्य समाप्त बनाउन चाहिन। आफूलाई हराउन भूमिका खेलेका भनिएका स्थानीय नेताले निर्वाचनका बेला दिएको अभिव्यक्ति केन्द्रीय नेताकहाँ अडियोमार्फत पुगेको उनले स्मरण गरे। तरुण दल पूर्व अध्यक्षद्वय बालकृष्ण खाँण र उदय शमसेर जबराकहाँ तुम्वालाई हराउने स्थानीय नेताको आवाज पुगेको थियो। खाँण, जबरा र अर्का नेता अर्जुननरसिंह केसीले उनलाई सान्त्वना दिए। उनलाई हराउने कार्यमा लागेका ती जिल्ला नेताले गुन सम्झेलान् भन्ने तुम्वाको विश्वास छ।

पार्टीभित्र एक-अर्कामा बोल्दैमा अर्को समूहमा गएको आरोप लाग्ने गरेको उनको बुझाइ छ। एक्स्काभेटर धनीसमेत रहेका तुम्वाले कामका क्रममा फरकफरक व्यक्तिसँग वार्ता गर्नु व्यावसायिक बाध्यता रहेको सुनाए। व्यावसायिक कुराकानीलाई नै समूहमा गएको भनी आरोप लाग्ने गरेको अनुभव उनीसँग छ।

गत स्थानीय निर्वाचनमा फिदिम नगरपालिकासहित थप तीन गाँउपालिकामा कांग्रेसले विजय प्राप्त गरेको थियो। सदरमुकाम अवस्थित फिदिम नगरपालिकाका १४ वडामा मेयर/उपमेयर सहित नौ वडामा कांग्रेसले जित हासिल गर्‍यो। फालेलुङ, तुम्बेवा र फाल्गुनन्द गाउँपालिका उसले जितेको थियो। एक नगरपालिकासहित पाँचथरमा आठ स्थानीय निकाय छन्।

प्रकाशित मिति: शनिबार, जेठ १८, २०७६  १२:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नीति तथा कार्यक्रममा अतिक्रमित भूमि फिर्ताको स्पष्ट प्रतिबद्धता माग
प्रतिनिधिसभा बैठक (लाइभ)
सार्वजनिक पदाधिकारीलाई एक महिनाभित्र सम्पत्ति विवरण सार्वजनिक गर्न आयोगको सूचना
सम्बन्धित सामग्री
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
ताजा समाचारसबै
नीति तथा कार्यक्रममा अतिक्रमित भूमि फिर्ताको स्पष्ट प्रतिबद्धता माग बिहीबार, वैशाख ३१, २०८३
प्रतिनिधिसभा बैठक (लाइभ) बिहीबार, वैशाख ३१, २०८३
सार्वजनिक पदाधिकारीलाई एक महिनाभित्र सम्पत्ति विवरण सार्वजनिक गर्न आयोगको सूचना बिहीबार, वैशाख ३१, २०८३
एमालेको प्रश्न– प्रधानमन्त्री सदनमा नआएर फेरि पनि सुकुम्बासी बस्तीमा डोजर लगाउँदै हो ? बिहीबार, वैशाख ३१, २०८३
प्रधानमन्त्रीले सदन बंक गर्न थाल्नुभयो : निश्कल राई बिहीबार, वैशाख ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
सभामुखले तोके नीति–कार्यक्रममाथिका प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिने दिन बुधबार, वैशाख ३०, २०८३
प्रतिनिधि सभा बैठक बस्दै, प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची बिहीबार, वैशाख ३१, २०८३
संघीय सरकारमा मन्त्रालयको संख्या घटाइयो, प्रधानमन्त्री कार्यालयसहित १८ मन्त्रालय रहने बुधबार, वैशाख ३०, २०८३
नेपाल आयल निगमका कार्यकारी निर्देशक भट्टद्वारा राजीनामा बुधबार, वैशाख ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
विश्वकप लिग २ का लागि नेपाली टीम घोषणा, इशान पाण्डे राष्ट्रिय टोलीमा शनिबार, वैशाख २६, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
सर्वोच्च अदालतका न्यायाधीश डा‍. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस बिहीबार, वैशाख २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्