काठमाडौं- काठमाडौंको वनस्थली चोकमा गएराति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। घटनामा दुई जना गम्भीर घाइते भएका छन्।
मृत्यु हुनेमा पाल्पाको सिद्धेश्वर गाउपालिकाका ३२ वर्षीय खिमबहादुर बुढाथोकी रहेका छन्। गम्भीर घाइते भएका उनको उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा राति ११ बजे मृत्यु भएको हो।
गएराति पौने १० बजे बनस्थली चोकमा बा६६प ४८५६ नम्बरको मोटरसाइकल र बा८च ९३१ नम्बरको टाटा मोबाइल आपसमा ठोक्किँदा मोटरसाइकल उछिट्एिर बा२ज १३७६ नम्बरको ट्याक्सीमा बज्रिएको थियो।
दुवै सवारी साधनसहित चालक प्रहरीको नियन्त्रणमा छन्। घाइते भएका मोटरसाइकलमा पछाडि सवार तिलकुमारी राना र १२ वर्षीय सुजन लंगेलीको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।