नयाँ दिल्ली- उत्तरपूर्वी भारतमा रेलमार्ग पार गर्ने क्रममा पाँच हात्ती मारिएका छन्।
आसाम राज्यमा भएको यस घटनामा ती हात्ती मारिएका हुन्। त्यसमा परी एक जना गर्भवती हात्तीसमेत मारिएको जनाइएको छ। आइतबार बिहानको यस दुर्घटनामा परी पाँच हात्तीको मृत्यु भएको आसाम जंगल विकास बोर्डका प्रमुख विकास बर्माले बताए।
भारत ठूलो सङ्ख्यामा हात्तीहरु रहेको देश हो। हात्तीहरु रेलमार्ग भएर हिँड्ने गरेका छन्। त्यस क्रममा भारतमा यसरी बारम्बार दुर्घटना हुने गरेको छ। भारतका अन्य राज्यको तुलनामा आसाममा हात्तीको सङ्ख्या बढी छ।
आसाममा यस वर्ष मात्र करिब ६० हात्ती मारिएको अनुमान गरिएको पनि बर्माले बताए।रासस/सिनह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।