काठमाडौं- सरकार र यातायात व्यावसायीको लामो छलफलपछि अन्तत: आउँदो मंगलबारबाट दशैंका लागि अग्रीम टिकट बुकिङ खुल्ने भएको छ।
यातायातमन्त्री वीरबहादुर बलायरसहित यातायात व्यवसायी र सरकारी कर्मचारीहरुबीच आज भएको छलफलले मंगलबारबाट टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो।
यसअघि सरकारले भदौ २२ गतेबाट नै अग्रीम बुकिङ खोल्ने निर्णय गरे पनि व्यवसायीले भाडा बढाउनुपर्ने र छत राख्न पाउनुपर्ने लगायतका माग राखेर बुकिङ रोकेका थिए।
छलफलमा वैज्ञानिक ढंगमा सवारी साधनको भाडा समायोजन प्रक्रिया अगाडि बढाउने आश्वासन दिएपछि यातायात व्यवसायी टिकट बुकिङ खुलाउन राजी भएको यातायात व्यवस्था विभागका प्रवक्ता टोकराज पाण्डेले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।